उदयपुर / सप्तकोसी नदीमा जेटबोट सञ्चालनसँगै आन्तरिक र वाह्य पर्यटकको संख्या ह्वात्तै बढेको छ । जेटवोट सञ्चालनसँगै पुर्वको धार्मिक तथा ऐतिहासिक महत्व बोकेको वरहाक्षेत्र, पर्यटकिय क्षेत्र मैनामैनी, कोसीटप्पु बन्यजन्तु आरक्ष क्षेत्र हेर्न र दर्शन गर्न आउनेको संख्या बढेको हो ।
मन्दिरको दर्शन गर्न पाईने, रमाईला दृश्यहरुको अवलोकन पनि गर्न पाईने र जलयात्राको अनुभव गर्न पाईने भएपछि आन्तरिक र वाह्यि पर्यटकको संख्या बढेको हो । यसैलाई मध्यनजर गरर बेलका नगरपालिकाले वडानं ७ लाई पर्यटकिय क्षेत्रकोरुपमा विकास गर्नका लागि पर्यटकिय महोत्सवको समेत आयोजना गरेको छ ।

उदयपुर र सुनसरीको सिमा भएर वग्ने सप्तकोसी नदिमा सञ्चालनमा ल्याइएको जेटबोटबाट धनकुटा र भोजपुर जिल्लाका सिमास्थलसम्म पुगिने गरिन्छ । जेटबोट सञ्चालनसँगै कोसी नजिक बसेका सर्वसाधरणलेसमेत यसैलाई यातायातको साधन बनाएकाछन् ।
दुःखले बनाइएका सडकमा यातायातका साधन सञ्चालनमा नआएपछि उनीहरु जेटबोट मार्फत आवतजावत गर्ने गर्दछन् । सडकको बाटोबाट समय पनि धेर लाग्ने र इन्धनपनि बढि खर्च हुने भएपछि भोजपुरको उत्तरपश्चिमी क्षेत्रमा मोटरसाईकल खरिद गरेका अधिकांस सर्वसाधरणले जेटबोटमा मोटरसाईकल बोकाएर जाने गरेकाछन् ।

जेटबोटबाट मोटरसाईकल बोकाएर जाँदै गरेका तेजेन्द्र राईले भने, ‘बिराटनगरबाट आएको गाडीको बाटोबाट जाँदा सुनसरी, धनकुटा हुँदै घर पुग्दा झण्डै १ हजारको तेल खर्च हुने रहेछ, जेटबोटबाट जाँदा आउनजान ७ सयले पुग्छ ।’ ‘कच्चिबाटो त्यो पनि मोटरसाईकल हिडाउन मुस्कील हुन्छ,’ उनले भने, ‘ज्यान पनि जोखिम, गाडी पनि जोखिममा त्यो भन्दा यहीँ ठिक ।’
जल यातायात मार्फत पर्यटन प्रबद्र्धन गर्ने उद्धेश्यले उदयपुरको बेलका र सुनसरीको बराहक्षेत्र नगरपालिकाको संयुक्त पहलमा जेट बोट सञ्चालनमा ल्याइएको हो । अघिल्लो बर्षबाट सुरु भएको जेटबोट करिव चार महिना वर्षातको समयमा राखिएको र अहिले नदीमा जलप्रवाह घटेकोले कात्तिक महिनादेखि पुनः सुचारु गरिएको बेलका नगरपालिकाका मेयर दुर्गाकुमार थापाले बताए ।

अहिले दैनिक करिव एक हजारको संख्यामा मानिसहरु जेटबोटबाट आवतजावत गर्ने गर्दछन् । अरुण, तमोर र दुधकोसीको संगम त्रिवेणीको मनोरम प्राकृति छहराको दुश्यावलोकनका लागि जलयातायातमार्फत घुम्ने पर्यटकको संख्या दिनहुँ बढिरहेको बेलका नगरपालिका ७ का वडाध्यक्ष सुरेन्द्र राईले बताए ।
पर्यटकलाई जलयातायातमार्फत घुमाएर आन्तरिक पर्यटन प्रर्वद्र्धन गर्ने उद्धेश्यले जेट बोट सञ्चालनमा ल्याइएको उनले बताए । उनले भने, “हामीले पर्यटन विकासको पूर्वाधारकारुपमा सप्तकोसी नदीको जलयातायातलाई महत्व दिएका छौं ।” सप्तकोसीमा जेटबोट सँचालनसँगै प्याराग्लाइडिङ सञ्चालनको लागि पाईलट तालिम गर्ने स्कूलसमेत सञ्चालनमा ल्याइएको मेयर थापाले बताए ।
उदयपुरको बेलका नगरपालिका र सुनसरीको बराहक्षेत्र नगरपालिकाको समन्वयमा स्थानीय युवाहरुले वरुण वाटरवेज प्राली र नेपाल रिभर ट्रान्सपोर्ट प्राली नामको कम्पनी दर्ता गरी जेटबोट सञ्चालनमा ल्याइएको हो । करीव छ करोड रुपैँयाको लगानीमा कम्पनीले भारतको पुनाबाट जेट ल्याएर सप्तकोसी नदीमा सेवा दिँदै आएको चालक चन्द्रबहादुर राईले बताए ।

उदयपुर, सुनसरी, धनकुटा हुँदै भोजपुरको त्रिवेणी स्थल सिम्लेसम्मको १६ किलोमिटर जल यातायातबाट गर्ने गरिन्छ । झण्डै २० मिनेटको यात्रा हुने जलयातायात २० जनाको क्षमता रहेको छ । सप्तकोसीमा दुई वटा जेटबोट सञ्चालन हुँदै आएका छन् । अन्य सवारी साधनबाट ४५ मिनेटको समयलाग्ने चतारा बराहाक्षेत्रसम्मको यात्रामा जेटबोटबाट ३ मिनेट २५ सेकेण्डमा पुग्न सकिने छ । सेवा छिटो भएपनि भाडाँदर भने निकै महंगो भएको स्थानीयको भनाई छ । स्थानीयले भाडा दरलाई पुर्नविचार गर्नु पर्ने माग गरेकाछन् ।

सरकारले चाहेको खण्डमा सुनकोसीको दोलालघाट र संखुवासभाको तुम्लिङटारसम्म जेटबोटबाट जल यातायात सञ्चालन गर्न सकिने राईले.बताए । तर सप्तकोसी नदीको विच विचमा रहेका ठुलठुला ढुङ्गाले अवरोध गर्न सक्ने भएकोले त्यसलाई हटाउने पर्ने उनले बताए ।
सरकारले लगानी गरी सप्तकोसी नदीका बिचमा रहेका ठूला ढुंगा पंन्छाएर बाटो खोलिदिएको खण्डमा एक घन्टामा तुम्लिङटार र दुई घण्टामा दोलालघाटसम्म सहजै पुग्न सकिने राईको भनाई छ । व्यावसायिकरुपले सप्तकोसी नदीमा पहिलो पटक सञ्चलनमा ल्याइएको जेट चढ्न उल्लेख्यरुपमा यात्रुहरु आउने गरेको र यसबाट दैनिक १० हजारसम्म आम्दानी हुने गरेको उनले बताए ।
पर्यटक भित्र्याउनका लागि कोसी किनारामा बिश्राम कक्ष, होटेलजस्ता सुबिधा आबश्यक रहने वडाध्यक्ष राईले बताए । उनले आबश्यकताअनुसार सुबिधा उपलब्ध गराउँदै जाने बताए ।
बासको सहारामा पनि कोशी वारपार

विगतका दिनहरुमा उदयपुरको बंसीला घाट, धाप्लाङ, रानीटार, मनीटार र धनकुटाको मुलघाट, बाराहाक्षेत्र लगायतका घाटहरुमा बासबाट निर्मित ढुंगाको प्रयोग गरेर वारपार हुने गरेको थियो । बासको सहारामा कोशी वारपार गर्दा जोखिम हुनुको साथै कैयौ पटक ढुंगा दुर्घटनामा परि यात्रुले ज्यान गुमाएको थियो । दशकौं अगाडिदेखि यातायातको पहुँच नपुगेको पूर्वी पहाडी जिल्ला उदयपुर, भोजपुर, खोटाङ र धनकुटासम्म जान आउनको लागि बासको ढुंगा र काठको ढुंगा प्रयोग गरेर कोशी वारपार गर्ने गरेको थियो ।

जलयातायात सुरु भएसंगै सो क्षेत्रको आर्थिक गतिविधिमासमेत बृद्धि भएकोछ । उदयपुरको बेलका नगरपालिकालाई पयर्टकीय क्षेत्र बनाउने नगरपालिकाको घोषणसंगै सुरु भएको जल यातायातले स्थानीयलाई समेत फाइदा पुगेको बेलका नगरपालिकाले जनाएको छ । 









