उदयपुर । युवतीहरु बिचको सौन्दर्य र बौद्धिक प्रतियोगिताको रुपमा उदयपुरमा पहिलो पटक आयोजना हुने मिस उदयपुरको पहिलो अडिसनमा १३ जना युवती छनौट भएका छन ।
विङ्स इन्टारटेन्मेन्टको प्रस्तुतिमा आयोजना हुने यश कार्यक्रमका बाँकी इच्छुक प्रतिस्पर्धीहरुका लागि मङ्सिर २१गते पनि अडिशन खुल्ला राखिने आयोजक ताल डान्स हाउसका सञ्चालक तथा नृत्य निर्देशक एम्जे मिथुन ले जानकारी दिए । उनका अनुसार रामपुर अडिसन १७ गते बेल्टार १८ गते र कटारी २१ गते हुनुका साथै छुटेकाहरुका लागि बाकी अडिसन मङ्सिर २४ गते गाईघाटमा हुने जनाईएको छ ।
सहभागीमध्ये विजयी र फस्र्ट रनरअप र सेकेन्ड रनरअपले १५ लाखको टर्म इन्स्योरेन्स पोलिसिका साथै ट्रफि, क्राउन र आकर्षक गिफ्टह्याम्पर प्राप्त गर्नेछन् भने उत्कृष्ट १० जनाले तीन महिने निशुल्क नृत्य प्रशिक्षको मौका साथै अन्य धेरै सुबिधा पाउनेछन् ।

तपाईको प्रतिक्रिया