उदयपुर । समृद्ध नेपाल सुखी नेपालको परिकल्पनाको लागि प्रत्येक घर परिवार स्वस्थ्य हुनु पर्ने त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले बताए । मेयर चौधरीले मोडर्न इन्टिच्यूट अफ हेल्थ साइन्सद्वारा नयाँ विद्यार्थीलाई स्वागत र पुरानालाई विदाई कार्यक्रममा शुभकामना दिँदै यस्तो बताएका हुन् । उनले समृद्ध नेपाल, सुखी नेपालको परिकल्पनाको स्वस्थ्य मुख्य कारक तत्व रहेको बताए ।
प्रत्येक घर परिवार स्वस्थ्य भए देश समृद्धिको दिशामा अगाडी समेत बढने बताए । स्वस्थ्य घर परिवार बनाउनका लागि दक्ष, लगनशील स्वास्थ्यकर्मी उत्पादनले मात्रै सम्भव हुने मेयर चौधरीले बताए । उनले यस मोडर्न इन्टिच्यूट अफ हेल्थ साइन्सले विगत १८ वर्षदेखि दक्ष, लगनशील स्वास्थ्यकर्मी उत्पादन गरेको प्रति धन्यवाद दिएका थिए । मेयर चौधरीले समय चिन्न सक्नु पर्ने, कामप्रति लगाव हुनु पर्ने, काम ठूलो सानु हुँदैन दत्तचित्त भएर गरे अवश्य सफल हुने बताए । उनले उखान नै छ, स्वास्थ्य नै धन हो, यस अर्थ स्वास्थ्यको लागि सवैले ख्याल गर्नु पर्ने बताए । रोगले गरिव र धनी भन्दैन, महलमा बस्ने र झुपडीमा बस्ने चिन्दैन तसर्थ देश स्वास्थ्य हुनुमा स्वास्थ्यकर्मीको महत्वपूर्ण भूमिका भएको बताए ।
कार्यक्रममा विशेष अतिथि राष्ट्रिय जनता पार्टीका युवा नेता राहुल यादवले राम्रो स्वास्थ्यकर्मीको रुपमा प्रस्तुत हुन सम्पूर्ण पास आट र पढ्न आउने विद्यार्थीलाई अनुरोध गरेका थिए । उनले ज्ञानरुपी औषधि प्रयोग गर्न सवैलाई अनुरोध गरेका थिए ।
अर्का विशेष अतिथि नेकपाका युवा नेता तथा इन्टिच्यूटका सल्लाहकार महेश रोक्काले स्वास्थ्यकर्मीको बोली व्यवहारले गर्दा नै ५० प्रतिशत रोगीको रोग निको हुने भएकोले व्यवहारमा रुखो नहुन अनुरोध गरेका थिए । रोग निरुपन गर्नको लागि स्वास्थ्यकर्मी जुनसुकै समयपनि तल्लिन हुनु पर्ने बताए । उनले यस कलेजका विद्यार्थीहरुको भविष्य उज्वल छ र दुरदराजमा पनि सेवा प्रदान गर्न अनुरोध गरेका थिए ।
स्वागत तथा विदाई कार्यक्रममा सम्पूर्ण बैंकहरुको तर्फबाट सुनिल पोखरेल, पत्रकार सुखिलाल चौधरी लगायतले शुभकामना दिएका थिए ।
यस कलेजमा तत्काल अनमी, अहेव, ल्याव असिस्टेण्ट, आर्युेदिक अहेवको पढाई हुने गरेको छ भने भविष्यमा डिफार्मेसी, नर्सिङ लगायतको कार्यक्रम संचालन गर्ने सोच रहेको कार्यक्रमको अध्यक्ष तथा प्रिन्सिपल खेमचन्द्र यादवले बताए । स्वागत तथा विदाई कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो ।









