उदयपुर । उदयपुरको ज्योति माध्यमिक विद्यालयमा बाली विज्ञान विषयको पढाई संचालनमा आएको छ । विद्यालय व्यवस्थापन समिति र बेल्टारका शिक्षा प्रेमीहरुको अथक प्रयासपछि चौदण्डीगढी नगरपालिका ६ नं. वडा स्थित ज्योति माविमा बाली विज्ञान विषयको अध्ययन शुरु भएको हो । 
सिटिभिटिबाट सम्वन्धन प्राप्त १८ महिने बाली विज्ञान विषय (जेटिए)को कक्षा सञ्चालनको बुधबार नगर प्रमुख खगेन्द्र राईले उद्घाटन गरेका थिए । उद्घाटनमा सम्बोधन गर्दै मेयरले भने, ‘हाम्रो पालामा हामीले सोचेको जस्तो विषय आफुहरुले पढ्न नपाए पनि पछिल्लो पुस्ताका भाई बहिनीहरुले यो विषय अध्ययन गर्ने अवर प्राप्त भएकोमा यो सबैको मेहनत, प्रयन्तशिल र सफलता मिलेको छ ।’ मेयरका अनुसार ६०÷६५ प्रतिशत नागरिक कृषि क्षेत्रमै आश्रित भएकोले नगरपालिकाले पनि कृषि क्षेत्रलाई नै प्राथमिक्तामा राखेको छ र भविश्यमा कृषिलाई उद्योगको रुपमा स्थापित गर्न लागि परेको बताए ।
कार्यक्रममा उपप्रमुख रिताकुमारी चौधरीले नेपाल एक कृषि प्रधान देश भएकोले कृषि प्राविधिक विषयको पढाई शुरुवात भएकोमा शुभकामना दिँदै विद्यार्थीहरुलाई कृषि क्षेत्रमा भविष्य खोज्न अनुरोध गरेका थिए । उनका अनुसार विद्यालयमा नयाँ विषय के ल्याउन सकिन्छ भनेर छलफल र अन्तरक्रिया गर्दा गर्दै यो कृषि विज्ञान विषयमा सोच पुगेकोले आज यो विषयको शुरुवात भएकोमा सबैको खुसीको क्षण भएको बताईन् । भविश्यमा यो विषय लिएर अध्ययन पुरा भए पछि जागिर नखोज्न आग्रह गर्र्दै यो पेशाले विद्यार्थी आपैmलाई मालिक बनाउने छ अब नोकर बनेर हैन सबै मालिक बन्ने प्रयास गर्नु पर्ने विद्यार्थीहरुलाई सुझाएकी थिईन ।
एसइई उत्तिर्ण विद्यार्थीहरुले मात्र पढ्न पाउने प्राविधिक विषयमा जम्मा ४० जनाको सिट संख्या पुरा भएको विद्यालयले जनाएको छ । कार्यक्रमा नगर शिक्षा शाखाका शिक्षाविज्ञ राजकुमार ओझा, शिक्षक अभिभाबक संघका अध्यक्ष कृष्ण चामिलङ, समाजसेवीहरु भोला चन्द्र राई, शम्भू पौडेल, राजेन्द्र कटवाल, राजेन्द्र पौडेल, जनक कार्की लगायत शिक्षा प्रेमीहरुको उपस्थिति रहेको थियो । कार्यक्रम युवराज कटवालको संचालनमा प्रदिप केसीको सभापतित्वमा सम्पन्न भएको थियो ।









