उदयपुर । त्रियगा नगरस्तरीय बाल संजालको अध्यक्षमा सृष्टि काफ्ले सर्वसहमत चयन भएकी छिन् । आईतबार सम्पन्न दोस्रो अधिवेशनले १६ सदस्य संजाल पुर्नगठन गरेको हो । समितिको उपाध्यक्ष, सचिब, सहसचिब र कोषाध्यक्षमा क्रमश सफल गुरगाई, प्रकृति खड्का, अभिकर्ण चौधरी र अन्जला कार्की रहेका छन् ।
त्यसैगरी सदस्यहरुमा मिना विक, अनिल गुरागाई, पुष्पराज भुजेल, रश्मी राउत, रमिला बिक, नविन बुढाथोकी, सुधा राउत, महेश थापा, सुनिल बिक, कल्पना कार्की र तुलसा पाण्डे रहेका छन् । कार्यक्रममा निवर्तमान अध्यक्ष सुरज खत्रीलाई प्रशंसापत्रले सम्मान गर्दै विदाई गरिएको थियो ।
कार्यक्रममा त्रियुगा नगरपालिकाले नगर स्तरीय बाल सञ्जालका पदाधिकारीहरुलाई वालमैत्री स्थानीय शासन सम्बन्धि जानकारी दिएको छ ।
वालमैत्री नगर घोषणा गर्ने लक्ष्यकासाथ नगरपालिकाले सञ्जालका पदाधिकारीलाई दुई दिने अनुशिक्षण गराएको हो । आईतबारबाट सुरु भएको अनुशिक्षणमा नगर क्षेत्रका १६ वटै वडाका प्रतिनिधिमुलक बालबालिकाको सहभागिता रहेको कार्यक्रम संयोजक तथा नगरपालिकाका सहायक महिला विकास निरीक्षक निरु कार्कीले जानकारी दिईन् ।
कार्यक्रममा बालमैत्री स्थानीय साशन प्रर्वद्धन र यसका सूचकहरु, अर्थपूर्ण बालसहभागिता, बाल अधिकार र कर्तव्य, बाल समुह संजाल, परिचालन र पक्रिया, वालअधिकारको ऐतिहासिक, बालअधिकार सुनिश्चित गर्ने नीतिगत व्यवस्थाका बिषयमा जानकारी दिइएको उनले बताईन् ।
कार्यक्रमको सहजिकरण लैङ्कि डेक्सका प्रमुख भिमा राई, मविनि निरु कार्की, पुर्व केन्द्रिय बाल संजालका अध्यक्ष सुरेश गुप्ता, नगर स्तरीय बाल संजालका निवर्तमान अध्यक्ष सुरज खत्रीले गरेका थिए ।
कार्यक्रमको समापन गर्दै प्रमुख अतिथि नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्काले परिवर्तनलाई संस्थागत गर्न बालमैत्री शासन अपरिहार्य रहेको बताए । उनले राष्ट्रनिर्माणको भविश्य बोकेका बालबालिकालाई कितावी ज्ञानसँगै वाहिरी वातावरणबाट नेतृत्व विकास गर्न राज्यको लगानी आवश्यक रहेको औल्याए ।
हरेक क्षेत्रमा बालसहभागिता अपरिहार्य रहेको बताउँदै अध्यक्ष खड्काले भुमिका दिएर जिम्वेवारी बनाउन पर्ने सुझाब दिए । कार्यक्रममा नगरपालिकाका सामाजिक बिकास शाखा प्रमुख विश्वजित राईले नगर क्षेत्रलाई वालमैत्री घोषणा गर्न वडाबाट अभियान सुरु गरिएको जानकारी दिए ।
उनले हरेक क्षेत्रमा समान प्रतिनिधित्व गराउँदै बालबालिकाको क्षमता अभिवृद्धीमा नगरपालिकाले भुमिका निर्वाह गरेको बताए । कार्यक्रम नगर स्तरीय बाल क्लवका अध्यक्ष सृष्टि काफ्लेको अध्यक्षता, रश्मी राउत र अनिल गुरागाईको स्वागत तथा सचिब प्रकृति खड्काको सञ्चालमा भएको थियो ।









