काठमाडौं । बुधबार मात्र मन्त्रीमण्डल पुर्नगठन भएको छ । के पुर्नगठन गरिँदा विगतको कार्यसम्पादन मुल्यांकन पनि हेरियो त ? बरु ‘राम्रा मान्छे’ फालियो र विगतमा कमसल प्रस्तुति गर्ने ‘हाम्रो मान्छे’को रि इन्ट्री भयो ।
विगतमा ८१ प्रतिशतसम्म कार्यसँम्पादन गर्ने मन्त्री गोर्कण विष्ट फालिए । अत्यन्तै दयनीय कार्यसम्पादन देखिएको नेकपाका अध्यक्ष प्रचण्डका बुहारी विना मगर हटाइएन् । आफ्नो बर्ष दिनको कार्यकालमा कुन मन्त्री कति सफल कति असफल भन्ने बिषय प्रधानमन्त्री कार्यालयले अनलाइनबाटै अनुगमन समेत गरिरहेको छ । जसमध्ये खानेपानी मन्त्री विना मगरको कार्यप्रगति सबैभन्दा दयनीय देखिन्छ । खानेपानी मन्त्री विना मगरको कार्यसम्पादन ३९ प्रतिशत अंक प्राप्त गरेकी थिईन् । मगरले १ सय २२ योजना प्रस्तुत गरेकोमध्ये ४७ सम्पन्न, ४७ चालु अवस्थामा,२८ वटा शुरु नै नभएको देखिन्छ ।
यस्तै उर्जामन्त्री बर्षमान पुनले ९० वटा योजना प्रस्तुत गरेकोमा ३७ वटा सम्पन्न,३९ वटा चालु अवस्थामा र १४ वटा योजना शुरु नै नभएको भेटिन्छ । युवा तथा खेलकुद मन्त्री जगदबहादुर विश्वकर्माले ६८ वटा योजना पेश गरेकोमा ४ वटा हालसम्म शुरु नै नभएको, १४ वटा सम्पन्न भएको र १४ वटा योजना पाइपलाइनमै रहेको देखिन्छ । यस्तै शिक्षामन्त्री गिरिराजमणी पोखरेलको तर्फबाट ८९ वटा योजना पेश भएकोमा चालु अवस्थामा २७,सम्पन्न भएका ६१ र शुरु नभएका योजना १ वटा छ । यस्तै रक्षामन्त्री ईश्वर पोखरेलले १४ वटा योजना अघि सारेकोमध्ये ७ वटा सम्पन्न,६ वटा चालु र एउटा योजना शुरु नै नभएको विवरणमा उल्लेख छ । गृहमन्त्री रामबहादुर थापा बादलको तर्फबाट १९ वटा योजना पेश भएका थिए जसमध्ये २ वटा हालसम्म शुरु नभएको चालु अवस्थामा सातवटा र सम्पन्न भइसकेका योजना १० वटा छ । यस्तै उद्योगमन्त्री मातृका यादवले १९२ योजना पेश गरेका थिए जसमध्ये १० योजना शुरु नै नभएका,१ सय १३ योजना सम्पन्न भइसकेका र ६९ योजना चालु अवस्थामा छन् ।
सूचना तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले २९ योजना पेश गरेकोमा चालु अवस्थामा १०,शुरु नै नभएका २ र सम्पन्न भएका योजना १७ छन् । भौतिक पूर्वाधार मन्त्री रघुबिर महासेठको तर्फबाट २१ योजना पेश गरिएकोमध्ये सम्पन्न भएका ४,शुरु नै नभएका ४ र चालु अबस्थामा ४ वटा रहेका छन् । गत बर्षको कार्यप्रगति परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली अब्बल दह्ररिएका छन् । उनले सम्हालेको परराष्ट मन्त्रालयको प्रगति ८८ प्रतिशत उल्लेख छ । ८९ योजना पेश भएकामध्ये ६१ सम्पन्न भइसकेको २७ चालु अवस्थामा रहेको । श्रममन्त्री गोकर्ण विष्टको कार्यसम्पादन ८१ प्रतिशत रहेको उल्लेख छ । उनको ९७ योजना पेश गरेकोमा ७८ योजना सम्पन्न भइसकेको छ । भूमि सुधार मन्त्री पद्या अर्याल ६८ योजना पेश गरेर ५५ वटा योजना सफल रहेको र उनको कार्यसम्पादन ८१ प्रतिशत रहेको उल्लेख रहेको छ यस्तै कृषिमन्त्री चक्रपाणी खनालले ८९ योजना पेश गरेकोमध्य ६१ योजना सम्पन्न भएका छन् ।
उपेन्द्र यादवको तर्फबाट ६५ योजना पेश भएकामध्ये ४ वटा शुरु नै नभएको १० वटा चालु अवस्थामा रहेको,कानुनमन्त्री भानुभक्त ढकालको तर्फबाट २१ योजना पेश भएकोमा १४ सम्पन्न ५ चालु अवस्थामा रहेको उल्लेख छ । वनमन्त्री शक्ति बहादुर बस्नेतको तर्फबाट ७२ योजना पेश गरी ४७ योजना सम्पन्न थिए ।
कार्यसम्पादनमा कमजोर ठहरिएका खानेपानी मन्त्री विना मगरको कार्यसम्पादन ३९ प्रतिशत,उर्जामन्त्री बर्षमान पुनको कार्यसम्पादन ४० प्रतिशत, युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माको ४४,शिक्षामन्त्री गिरिराजमणी पोखरेलको ४६,रक्षामन्त्री ईश्वर पोखरेलको ५०, गृहमन्त्री रामबहादुर थापाको ५३,आपूर्तिमन्त्री मातृका यादव ५७ र सूचना तथा सञ्चार मन्त्री गोकुल बास्कोटा र रघुविर महासेठको कार्यसम्पादन ५९ प्रतिशत रहेको देखिन्छ ।

तपाईको प्रतिक्रिया