उदयपुर / चलचित्र ‘घनचक्कर’ को ‘हिरो हिरो’ बोलको गित युट्युबमा सार्वजनिक भएको छ । लिरिक्स र म्युजिक देव कोइमीको चलचित्र ‘घनचक्कर’ को ‘हिरो हिरो’ बोलको गित युट्युबमा सार्वजनिक भएको छ । उदयपुरको साविक बाँसबोटे गाविसमा जन्मिएका कोइमीको लिरिक्स र म्युजिक रहेको छ भने राजेश पायल राईको स्वरमा सजिएको उक्त गीतको कोरियो ग्राफी प्रदिप श्रेष्ठले गरेका हुन् ।
चलचित्रमा सौगात मल्ल, सलोन बस्नेत, सरोज खनाल, जेवी डिसी, आशान्त शर्मा, शिशिर भण्डारी, ममता प्रधान, इश्वरी खड्का, कृष्णभक्त महर्जन, दामोदर पौडेल, प्रवन भुसाल, जनक घर्ति मगर, कर्णप्रिय लगायतले अभिनय गरेका छन् भने नायिकामा कश्मिरा लामाले डेब्यु गरेकी छिन । त्यस्तै, चिफ एसिस्टेन्ट डाइरेक्टरमा बिनोद खतिवडा, एसिस्टेन्ट डाइरेक्टरमा शान्ति तामाङ्ग र भरत रौनियार, सिनेमाटोग्राफरमा सुसन प्रजापति, प्रोडक्सन डिजाइनरमा बिमल धमला र द्वन्द्वमा अष्ट महर्जन रहेका छन् ।
‘हिरो’ बोलको गीतमा दुई अभिनेता सौगात मल्ल र सलोन र नव–अभिनेत्री कश्मिरा लामाका लागि एकअर्कासँग लडिरहेका छन् । सस्पेन्स कमिड़ी जान्रामा निर्मित उक्त चलचित्रले उत्तर आधुनिकउन्मुख शहरिया जीवनको तानमा विभिन्न सपना बोकेर हिंडेका मनुष्यहरु कसरी घनचक्करमा पÞmस्छन भन्ने देखाउन खोजिएको चलचित्रका निर्देशकले बताए ।
हरि भट्ट सुर्यनाथद्वारा निर्मित एवं जितेन्द्र राजोपाध्यायद्वारा निर्देशित चलचित्र यहि पौष १३ गते रिलिज हुँदैछ ।
हेर्नुहोस भिडियो

तपाईको प्रतिक्रिया