उदयपुर । चाडपर्वको अवसर पारेर चौदण्डीगढी नगरपालिका वडा नं. ४ बसाहा शनिवारेमा भएकोे तेस्रो नगर मेयर कप प्रतियोगिता सम्पन्न भएको छ । डबल व्याड मिन्टन तर्फ सुन्दरपुरका विनय चौधरी र लक्ष्मण कटवालको जोडी प्रथम स्थान हासिल गरेका छन् भने बढी उमेर समूह (भेन्ट्रान्स) तर्पm बेल्टारका राजकुमार राई र महाप्रशाद राईको जोडीले प्रथम स्थान प्राप्त गर्न सफल भएका छन् ।

आईतबार भएको खेलमा खुल्ला तर्पmका अन्य विजयीहरुमा बसाहाका निरज राई र सुवास वनको जोडि द्धितिय भएका छन् । त्यसैगरी तेस्रो स्थान तर्पm भने सुन्दरपुरका जयराम राई, सागर वर्देवा र आयोजक तर्पmकै बसाहाका भविन्द्र राई, दिनेश राईले प्राप्त गरेका छन् ।
भेन्ट्रान्स तर्पmको द्धितिय र तृतिय स्थान सुन्दरपुरका देवनारायण चौधरी र महानन्द चौधरीको जोडि दोस्रो भएका छन् । तेस्रो स्थानमा भने बसाहाका नयनकुमार राई, प्रेम रायमाझी र दिपक तामाङ, भुपाल खत्रीले तेस्रो स्थान हासिल गरेका छन् ।
खुल्ला तर्पmका विजयीहरुलाई प्रथम, दोस्रो र तेस्रोले क्रमश २२, ११ र ५÷५ हजार नगद, टफ्री र प्रमाण पत्र सहित कार्यक्रमका प्रमुख अतिथि ४ नं. वडाअध्यक्ष चरणकुमार राईले प्रदान गरेका छन् । त्यसैगरी भेन्ट्रान्स तर्पmका विजयीहरुलाई पनि १०, ६ र २÷२ हजार रुपैया नगद, ट्रफ्री र प्रमाण–पत्रले सम्मान गरिएका छन् । प्रतियोगितामा सर्वोकृष्ठ खेलको उपाधि खुल्ला तर्पmका तेस्रो स्थान ओगट्न सफल खेलाडि सुन्दरपुरका १५ वर्षिय जयराम राईलाई सम्मान गरिएको छ । खेलाडि राईलाई बसाहाका स्थानीय युवा समाजसेवी मणि राईले ५ हजार रुपैया मुल्य बरावरको एउटा ¥याकेट र प्रेम रायमाझी, भुपाल खत्री र जगत विष्टले १÷१ हजार रुपैयाले प्रोत्साहन स्वरुप पुरस्कृत गरिएको छ ।
कार्यक्रममा प्रतियोगिता संचालनको लागि आर्थिक सहयोग गर्ने विभिन्न संघ संस्थाहरुलाई समेत कदर पत्रसहित सम्मान गरिएको थियो ।
प्रतियोगितामा चौदण्डीगढी नगर व्याडमिन्टन संयोजक देवीराज राई, बेल्टार व्याडमिन्टन क्लवका अध्यक्ष राजेन्द्र विद्रोही, १ नं. वडाध्यक्ष रोहितमान तामाङ, ५ नंं वडाध्यक्ष देवनारायण चौधरी ईलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरिक्षक बुद्धिराम चौलागाई बुद्धिजिवी समाजसेवी राजनितिक कर्मि भुपेन्द्र राई लगायतका विभिन्न संघ संस्थाका प्रमुखहरुको उपस्थिति रहेको थियो ।
प्रतियोगितामा ६४ समुह खेलाडिहरुको सहभागिता रहेको थियो । शुक्रबार चौदण्डीगढी नगरपालिकाका प्रमुख खगेन्द्र राईले उद्धघाटन गरेको खेल आईतबार समापन भएको छ । कार्यक्रम दिनेश राईको संचालन र बसाहा शनिबारे व्याडमिन्टन क्लवका अध्यक्ष नारायण तामाङको सभापतित्वमा सम्पन्न भएको हो ।









