उदयपुर । चाडपर्वको अवसर पारेर चौदण्डीगढीमा तेस्रो मेयर कप डबल व्याडमिन्टन प्रतियोगिता शुरु भएको छ । “स्वास्थ्य को लागि खेलकुद , रास्ट्रय को लागि खेलकुद’’ भन्ने मुलनाराका साथ बसाहा शनिबारे व्याडमिन्टन क्लवको आयोजना र नगरको सहयोगमा बसाहाको शनिवारेमा विहिबारदेखि मेयर कप व्याडमिन्टन प्रतियोगिता सुरु भएको हो ।
एक कार्यक्रमको विच मेयर खगेन्द्र राईले खेलको उद्घाटन गरेको थियो । विगतको वर्षहरु झै यसपटक पनि क्लवले प्रतियोगीताको आयोजना गरिएको हो । खुल्लातर्पm ३२ समुह र भेन्ट्रान्सतर्फ १५ समुहले सहभागिता जनाएको बसाहा शनिबार व्याडमिन्टन क्लवका अध्यक्ष नारायण तामाङले बताए ।
खुल्ला तर्पmका विजयी समुहहरुलाई नगद २२, ११ र ५÷५ हजार रुपैया, ट्रफि र प्रमाण पत्र प्रदान गरिने छ भने भेन्ट्रान्स तर्पmका विजयी समुहहरुलाई नगद ८, ६, र २÷२ हजार रुपैया, ट्रफि र प्रमाण पत्रले सम्मान गरिने चौदण्डीगढी व्याडमिन्टन समितिका संयोजक देवीराज राईले बताए । प्रतियोगिताको फाइनल खेल भोली शनिबार हुने छ ।

तपाईको प्रतिक्रिया