उदयपुर । नृत्य प्रतियोगिता कार्यक्रममा सखुवनी टोल विकास संस्था प्रथम भएको छ । दनुवार कला सांस्कृतिक समुहले आयोजना गरेएको नृत्य प्रतियोगितमा सखुवनी टोल विकास संस्था प्रथम भएको हो ।
नृत्य प्रतियोगितामा दोस्रो स्थान झिल्केटोल संस्था र तेस्रो स्थान समृद्धि टोल विकास समुह भएको थियो ।
शुक्रवार बडा दशैको उपल्क्षयमा दनुवार कला सांस्कृतिक समुहको आयोजना र वडा नम्वर ९ को सहयोगमा कार्यक्रमको आयोजना गरिएको संस्थाको अध्यक्ष टंक दनुवारले बताए । उनका अनुसार दनुवार जातीको कला, संस्कृति र पहिचानलाई जर्गेणा गर्ने उद्धेश्यले संस्थाको दर्ता गरी पहिलो प्रयास स्वरुप नृत्य प्रतियोगिताको आयोजना गरेको बताए ।
कार्यक्रमका प्रमुख अतिथी प्रदेश सासंद सन्जा दनुवारले आदिवासी जनजाति मध्येको दनुवार जातिको आफनै छुट्टै मौलिक कला संस्कृति, पहिचान छन् । तर ति कला संस्कृतिहरु लुकेको हँुदा मौलिक चाड पर्व भाषा संस्कृतिलाई जगेर्ना गर्दै बाहिर ल्याउनु पर्ने बताए । आफु दनुवारकै धर्म संस्कृतिमा हुर्केर आज यो स्थानमा पुगेको हुनाले दनुवार जातिको कला संस्कृति बचाउन लागि अहोरात्र भूमिका खेल्ने बताए ।
कार्यक्रममा त्रियुगा नगरपालिका प्रवक्ता केदार दनुवार, वडा नम्वर ९ का वडा अध्यक्ष धन वाहादुर दनुवार,पेसोक उदयपुरका अध्यक्ष सिर्जना दनुवार लगायतले कला संस्कृति जोगाउन जोड दिएका थिए ।
प्रतियोगितमा प्रथम,द्धितिय,तृतिय हुने समुहलाई नगद राशी सहित प्रमाण पत्रले पुरस्कृत गरिएको छ । अम्वेर जन्ता मावी त्रियुगा नगरपालिका ९ राजावामा कार्यक्रम सम्पन्न भएको थियो ।









