अप्सरा समाल । “सुनिश्चित बाल अधिकार, समृद्ध नेपालको आधार” भन्ने मूल नाराका साथ आइतबार राष्ट्रिय बाल दिवस मनाइएको छ । दिवसको अवसरमा सरकारी तथा गैरसरकारी संघसंसहरुले आइतबार जिल्ला भर विभिन्न कार्यक्रम गरि मनाएका छन् । नेपालले बालअधिकार सम्बन्धी महासन्धी १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बाल सहभागिता जस्ता विषयमा आफ्नो अन्तराट्रिय प्रतिवद्धता व्यक्त गरेको दिनकै अवसरमा नेपालले हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ ।
दिवसरको अवसरमा उदयपुरमा बृत्वकला प्रतियोगिताको आयोजना गरिएको छ । त्रियुगा नगरपालीका वडानम्बर ९ राजावास स्थित अम्बेबर जनता माबी राजावासको बाल क्लवको आयोजना, ओरेक नेपाल उदयपुर, महिला सशक्तिकरण श्रोतकेन्द्र, ऐरावत सञ्चार समुहको संहकार्यमा “सुनिश्चित बाल अधिकार, समृद्ध नेपालको आधार” भन्ने विषयमा खुल्ला वतृत्वत्वकला प्रतियोगिताको आयोजना गरिएको हो ।
राष्ट्रिय बाल दिबस २०७६ को अवसरमा “सुनिश्चित बाल अधिकार, समृद्ध नेपालको आधार”
भन्ने विषयमा खुल्ला वतृत्वत्वकला प्रतियोगिताको माध्यमबाट बाल अधिकारको विषयमा बहस गरि बाल अधिकारको विषयमा सु–सुचित गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको आयोज संस्था अम्बेबर जनता माबी राजावासको बालक्लबका अध्यक्ष श्री उमा बोहोराले बताईन ।
प्रतियोगितामा अम्बेबर जनता माबी राजावासका कक्षा कक्षा ६ देखि कक्षा ८ सम्मको एक तह र कक्षा ९ देखि १२ सम्म अर्कौ तह गरि जम्मा २ तहमा प्रतियोगिताको आयोजना गरिएको थियो । मा. वि. तहको कक्षा ९ देखि १२ सम्मका प्रतियोगिहरुको प्रतिस्पर्धामा क्रमशः चेतन खत्रि प्रथम, सरोज खड्का दितिय, मेनुका पाण्डे तृतिय र सुदिप पाण्डे सान्त्वना भएका छन् ।
यसैगरी निमावि तहको कक्षा ६ देखि कक्षा ८ सम्मका प्रतियोगिहरुको प्रतिस्पर्धामा कञ्चन खतिवडा प्रथम, निशान खड्का दोस्रो, विनोद खत्री तेस्रो र स्मृति दनुवार सान्त्वना भएका थिए । खुल्ला वकतृृत्व कला प्रतियोगितामा कक्षा ६ देखि कक्षा १२ सम्मका २१ जना विद्यार्थीहरुले प्रतिस्पर्धा गरेका थिए ।
कार्यक्रममा अम्बेबर जनता माबी राजावासको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष ईश्वर खड्का, अभिभावक संघका अध्यक्ष, अम्मबेबर जनता माबी राजावासका प्राचार्य, ओरेक नेपालका प्रतिनिधि, गैरसरकारी संस्था महासंघका केन्द्रिय सल्लाहाकार सृजना दनुवार, महिला सशक्तिकरण श्रोतकेन्द्रका अध्यक्ष मन्दिरा दनुवार, महिला मानव अधिकार रक्षक सञ्जाल उदयपुर अध्यक्ष माया भण्डारी लगाएतको उपस्थिती रहेको थियो ।
दिवसको अवसरमा उदयपुर जिल्लाको त्रियुगा नगररपालीका भरिका हरेक वडामा आइतबार वकतृत्वकला प्रतियोगिताको आयोजना गरिएको थियो । “बालअधिकार उपयोगमा लागुपदार्थ दुव्र्यसनीको दुस्प्रयास” शिर्षकमा वकतृत्वकला प्रतियोगिताको आयोजना गरिएको हो ।









