काठमाडौं /बरिष्ठ हास्य कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई ‘जनआन्दोलन स्वर्ण पदक’ बाट सम्मान गरिएको छ।
उपराष्ट्रपति नन्दबहादुर पुनले सम्मानित मह जोडीलाई जनआन्दोलन स्वर्ण पदक प्रदान गर्दै मह जोडीले नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्याको योगदानको खुलेर प्रशंशा गरेका थिए। उनले सर्वोच्च नेता गणेशमान सिंहलाई नेपालको लोकतान्त्रिक आन्दोलनको ‘महान पुरुष’ को रुपमा चित्रण पनि गरे।
२०४६ सालको जनआन्दोलन सर्वमान्य नेता गणेशमान सिंहको नेतृत्वमा सफलतापूर्वक सम्पन्न भएको थियो। राणा शासनको अन्त्य, प्रजातन्त्र स्थापना र पुर्नस्थापनामा महत्वपूर्ण योगदान दिएका उनको २०५४ साल असोज २ गते निधन भएको थियो। स्वर्गीय सिंहले नेपालको राजनीतिक क्षेत्रमा पुर्याएको योगदानको स्मरण गर्दै हरेक वर्ष उनको जन्मजयन्ति र स्मृति दिवसमा विभिन्न कार्यक्रम गर्ने गरिन्छ।