
राजेन्द्र महतो, लहान । सिरहामा एचआइभी एड्सबाट मृत्यु हुनेको संख्या २४ जना पुगको छ । मंगलबार पत्रकार र स्वास्थ्यकर्मी बीच भएको एक अन्तरक्रिया कार्यक्रममा सिरहामा १ सय ८७ जना एचआईभी एड्सबाट संक्रमित भएको जनाएको छ ।
सिरहाको लहान स्थित रहेको आरटी सेन्टरमा फागुन मसान्तसम्म पुरुष ९७, महिला ७१, तेस्रो लिङ्गगी २, बालक १३ र बालिका ४ जना गरी १ सय ९७ जना एचआईभी संक्रमित रहेको जनाएको छ । संक्रमित मध्ये १ सय ६३ जनाले मात्र उपचार गराउँदै आएको छ भने भेदभावको कारण २४ जनाले उपचार लिन अन्तै जाने गरेको लहान नगरपालिका स्वास्थ्य शाखाका स्वास्थ्य अधिकृत रत्न दासले बताएका छन ।
यस्तै लाहानमा मात्रै २० जना एचआईभी संक्रमित रहेको स्वास्थ्य अधिकृत दासले जानकारी दिए । उनका अनुसार जिल्लाभरी २४ जनाको मृत्यु भएको जनाएको छ । सिरहामा एचआईभी संक्रमितको उपचारको लहान अस्पतालमा मात्रै व्यवस्था रहेकोले १४ पुरुष, ७ महिला, २ तेस्रो लिङ्गी र एक बालकले उपचार लिन छोडिएको जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाका स्वास्थ्य अधिकृत सरोज कर्णले बताएका छन् ।
खास गरि वैदेशिक रोजगार, नशालु पदार्थ प्रयोगकर्ता, यौनकर्मी तथा समलिङ्गीहरुबाट सर्ने गरेको स्वास्थ्यकर्मी कर्णले जानकारी दिए ।
नेपालमा हालसम्म ३१ हजार २० जना एचआइभी एड्सबाट संक्रमीत रहेको छ भने १ हजार ३ सय ६ जनाको मृत्यु भएको छ ।









