उदयपुर, सिद्धिचरण राजमार्ग अन्तर्गत मिर्चैया–कटारी सडक खण्डको हडैया खरहेमा निर्माणधिन पक्की पुल सम्पन्न नहुँदै भत्किन शुरु भएको छ । कटारी नगरपालिका ३ मा निर्माणधिन पक्की पुलको गडर क्रयाक भएर भत्किन शुरु भएको हो । चार स्ल्याप मध्ये २ वटा निर्माण गरिएको स्ल्यापमा हालै निर्माण भएको स्ल्याप निर्माण गर्न नपाउँदै भत्किन सुरु भएको छ ।
सडक डिभिजन कार्यालय लहानका इन्जिनियर वचन भण्डारीले भत्किएको कारणहरू अनेक हुन सक्ने र कारणले के हो भन्ने बारे अध्ययन गर्ने बताए ।
२०७३ ज्येष्ठ १३ गते राजेन्द्र जगदम्बा, गल्या जेभी काठमाण्डौंले ८ करोड ७९ लाख २८ हजार ७ रुपौंयामा उक्त पुल निर्माणको ठेक्का लिएको थियो ।
पुल भत्किएको थाहा पाएपछि स्थानीयहरू हेर्न जाँदा स्थानीयहरूलाई ठेकेदार पक्षले तपाईहरूलाई पुल हेर्ने अधिकार छैन भन्दै धम्काएको कटारी ३ का स्थानीय लाल प्रसाद सुवेदीले बताए । कमसल सामग्रीको प्रयोगको कारणले पुन बन्न नपाउँदै भत्किन सुरु भएको हुन सक्ने स्थानीयहरूले बताएका छन् ।
पुल बन्न नपाउँदै भत्किएको गुनासो जनप्रतिनिधिलाई गर्दा समेत चासो नदेखाएको कटारी ३ का स्थानीय हिरा बास्तोलाले बताए ।
२०७५ मङ्सिर १२ सकिनु पर्नेमा हाल सम्म २ वटा मात्र स्ल्याप निर्माण भएको छ ।

तपाईको प्रतिक्रिया