उदयपुर, त्रियुगा नगरपालिकाका नगर प्रमुख बलदेव चौधरीले बिश्वको रामसार सुचिमा सुचिकृत भएको कोशी टप्पु ओझेलमा परेकाले त्यसको प्रर्बद्धनमा लाग्न सबैलाई अनुरोध गरे । विश्वको नै महत्वपूर्ण सिमसार क्षेत्रमा पर्ने कोशी टप्पुलाई पर्यटकिय हबको रुपमा चिलाउन साईकल ¥यालीको आयोजना गरिएको बताए ।
स्वास्थ्य, पर्यावरण र पर्यटनसंगसंगै भन्ने नाराका साथ उदयपुर जिल्ला साईक्लिङ संघ उदयपुर तथा नेपाली सेनाको श्री नं. १८ बाहिनी अड्डा झुल्केको संयुक्त आयोजनामा गरिएको राईट टु कोशीटप्पु साईक्लिङ ¥यालीको उदघाट्न गर्दै शुक्रवार नगर प्रमुख चौधरीले सो बताएका हुन ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख चौधरीले चितवनको राप्ती किनारामा रहेको एउटा सानो ठाउँमा रहेको सौराहा बिश्वको पर्यटकीय हब बन्न सफल भएको छ । तर हाम्रो कोशी टप्पु किन पर्यटकिय हब बन्न सक्दैनन भनि साईकल ¥यालीको माध्यमद्धारा पर्यटन बिकास गर्न खोजेकाछौं । उनले भने साईकल पर्यावरण, वातावरण तथा स्वस्थ्यको हिसाबले पनि महत्वपूर्ण साधन हो ।
त्रियुगा नगरपालिकाले पर्यटन प्रर्बद्धनको हिसाबले एउटा पहिचान बनाउन खोजेको जानकारी दिदैं नगर प्रमुख चौधरीले भने । नगरपालिकालाई पहिचान दिलाउने इन्र्जीको हबको रुपमा बिकास गर्ने योजनामा रहेको औल्याए । जसमा शिक्षा, इन्र्जी, कृषि, पर्यटनको हब बनाउन चाहेको स्पष्ट पार्दै भने ।

त्यसमा पनि शिक्षामा मेडिकल कलेज, ईन्जिनियरिङ, सर्भे अमिन, कृषि, लगायतको प्राविधिक शिक्षा र कृषिलाई ब्यवसायीक आधुनिक बैज्ञानिक कृषि प्रणालीमा बिकास गर्दै पर्यटन प्रर्बद्धन गर्ने नगरपालिकाको उदेश्य रहेको नगर प्रमुख चौधरीको भनाई रहेको छ । जसले गर्दा शिक्षामा कृषिमा पर्यटन भित्रयाउन सकिने थियो । यस किसिमको बिकास गर्न सके बाह्य तथा आन्तरिक पर्यटन भित्रयाउन मद्दत सकिने थियो ।
त्यसैगरी इन्र्जीमा बैकल्पिक सौर्य उर्जाको बिकास गरि सोलार सिटीको रुपमा बिकास गर्ने उदेश्य रहेको नगर प्रमुख चौधरीले स्पष्ट पारे । यी माथिका सबैलाई समेटेर बृह पर्यटन बिकास गर्ने नगरपालिकाको उदेश्य हो । बैकल्पिक उर्जासंग किसानलाई जोड्न सकिए बैज्ञानिक कृषि प्रणाली अपनाउन सहज हुने थियो । नगरको समग्र विकासमा सबैलाई साथ सहयोग गर्न सबैसंग अपिल गरे ।
गाईघाटको पिपल चोकबाट सुरु भएको साईक्लिङ ¥याली गाईघाट बोक्से हुदै बेल्टार, बसाहा, रामपुर चतरा, बाहारा क्षेत्र, कोशी टप्पु, बानडाँडा, पुरनदह, आम्बासी, फत्तेपुर, सुन्दरपुर, हडिया, जोगिदह हुदै गाईघाट आउने योजना रहेको छ । यो कार्यक्रम दुई दिनको रहेको छ भने साईक्लिङमा नेपाली सेनाका पूर्व प्रधान सेनापति गौरब शम्शेर जबरा, त्रियुगा नगरपालिका नगर प्रमुख बलदेव चौधरी, १८ नम्बर बाहिनीका सहायक रथी, पोखरा, धार्दिङ, गोरखा, झापा, काठमाण्डौ, ललितपुरका गरि करिब १ सय ५० भन्दा बढी साईक्लिङहरुको सहभागिता रहेको थियो ।
¥यालीमा ७ वर्षिय बालक देखि ७१ वर्षिय बृद्ध तथा दुई जना फरक क्षमताका ब्यक्तिहरुले समेत सहभागीता जनाएको थियो भने पिपल चोकमा जेसिइ, झिगु नेवा पुच गाईघाटले स्वागत गरेको थियो ।

तपाईको प्रतिक्रिया