उदयपुर, बैदेशिक रोजगारबाट फर्किएपछि ब्यवसायी लोकल कुखुरा पालनबाट यहाँका एक युवाले छोटो अवधिमै सोचे भन्दा निकै बढी आम्दानी गर्न सफल भएको छ । साउदी र कतारमा सात वर्ष काम गरेर फर्किएका उदयपुरको त्रियुगा नगरपालिका–४ बगाहाका दिनेश निरौलाले लोकल कुखुराको फर्म सञ्चालन गरि राम्रो आम्दानी गरेको हो ।
उदयपुरको त्रियुगा नगरपालिका–४ बगाहाका दिनेश निरौलाले लोकल कुखुराको फर्म सञ्चालन गरेको छ महिनाको छोटो अवधिमै राम्रो कमाई गर्न सफल भएको हो । साउदी अरव र कतारमा गरी करिव सात वर्षको बैदेशिक रोजगारी गरि फर्किएका निरौला कुनै पनि काम ठूलो वा सानो हुदैन भन्छन । मेहनत र परिश्रम गरे बिदेशमा होइन यहाँ पनि कमाई गर्न सकिने रहेछ ।
बैदेशिक रोजगारी छोडेरे मासु र अण्डा उत्पादन गर्ने उदेश्यले लोकल कुखुराको फर्म सञ्चालन गरेको बताए । उत्पादन भन्दा बढी माग आउने गरेकाले माग धान्न सकि रहेको छैनन् । बिदेशमा भन्दा कम परिश्रममा नै धेरै कमाउन सकिने भन्दै उनले पछिल्लो समय आम उपभोक्ताहरुको लोकल कुखुराको मासु र अण्डा प्रति अत्याधिक माग बड्दै गएको र उपभोक्ताहरुको यही चाहना अनुरुप नै आपूmले नमूना लोकल कुखुरा फर्म दर्ता गरी ब्यवसायिक कुखुरा पालन गर्न शुरु गरेको बताउँछन ।
गएको असार महिनाबाट खोर निर्माण गरी सञ्चालन गरिएको सो लोकल कुखुरा फारमबाट हाल सम्म करिव एक लाख ५० हजारको मासु र २० हजारको अण्डा बिक्रि गर्न आपूm सफल भएको निरौला बताउँछन । निरौलाको फारममा हाल माउ, चल्ला र भाले समेत गरी विभिन्न प्रजातीका करिव ५ सय ५० थान लोकल कुखुरा रहेको छ । उदयपुरमा ब्रोईलर, गिरिराज र लेयर्स जातका आधुनिक कुखुरा पालन गर्ने ब्यावसायीहरु पछिल्लो समयमा एकपछि अर्काे गर्दै बढ्दै गएको भएपनि फर्म नै दर्ता गरेर करिब पाँच लाख रुपियाँको नीजि लगानीमा लोकल कुखुरा पालन गर्ने निरौला पहिलो ब्यवसायी हुन ।


ओथारो बस्ने, चारो खाने, चल्ला चराउने र अण्डा पार्ने अलग अलग ठाउँको ब्यवस्था गरी करिव १० कठ्ठा नीजि जग्गामा चारैतिर मसिनो तारले घेराबेरा गरेर बनाइएको आधुनिक खोर तथा खुल्ला चरण क्षेत्र भएकोले दुम्सि, घाँटी खुईले, लुईचे जातका लोकल कुखुरा अहिले राम्रोसँग फष्टाएको निरौला बताउँछन । अहिले पनि दर्जन बढी माउ पोथी ओथारोमा रहेको र ती सबैे माउले चल्ला कोरलेपछि आपूmले गरेको परिश्रम र लगानी फर्ममा देखिने भन्दै निरौलाले चारो तथा अझ ब्यवस्थित खोर निर्माणमा स्वरोजगार कार्यक्रम मार्फत सरकारी सहयोग भए लोकल कुखुराको स्वास्थ्यकर मासु उत्पादनलाई थप प्रभावकारी बनाउन सकिने बताउँछन ।
बजारमा लोकल कुखुराको मासु प्रतिकिलो सात सय रुपियाँले बिक्रि हुदै आएको यसको माग अझ बढ्दै गएको अवस्थामा सरकारले ब्यवसायिक रुपमा कुखुरा पालन गर्न चाँहने बेरोजगार युवाहरुलाई युवा लक्षित कार्यक्रम मार्फत अनुदान दिनु पर्ने निरौलाको भनाई रहेको छ । त्रियुगा नगरपालिकाका नगर प्रमुख बलदेव चौधरीले त्रियुगा नगरपालिकालार्ई दुध, मासु र अण्डामा आत्मनिर्भर बनाउने लक्ष्यका साथ कार्यालयले पशु तथा कुखुरा पालनका लागि प्रोत्साहित गर्न ब्यवसायीहरुलाई गोठ, खोर निर्माण तथा सुधारका लागि आर्थिक अनुदानको पनि ब्यवस्था गर्न लागेको र यसबाट ब्यवसायीहरु थप उत्साहित हुन सक्ने बताए ।
त्यसैगरी चौदण्डीगढी नगरपालिका– ९ का कुखुरा ब्यवसायी बौवा राउतका अनुसार लियर्स तथा लोकल कुखुरा पाल्न निकै खर्चिलो हुने बताउँछन । उन्नत जातको चल्लाको अभाव, अत्याधुनिक खोर बनाउन कठिन, लाईटिङ्ग मिलाउन समस्या र चारोको अभाव जस्ता कारणहरुले गर्दा र्आिर्थकस्थिति कम्जोर भएका व्यवसायीले ईच्छा गर्दैमा लोकल तथा लियर्स कुखुरा पाल्न नसकिने उनको भनाई रहेकोछ ।

तपाईको प्रतिक्रिया