बीर बहादुर मगर, उदयपुर, उदयपुरमा मुस्कान कार्डबाट विद्यालयको वास्तविक अवस्था पहिचान गरिएको छ । रौतामाई गाउँपालिका ४ स्थित जाल्पा आधारभुत विद्यालय नचनेमा मुस्कान कार्डबाट विद्यालयको अवस्था पहिचान गरिएको हो । विद्यालयको गुणस्तरिय शिक्षाको लागि मुस्कान मापन विधिवाट नागरिक आवाज र कर्तव्य (सिभिए) कार्यक्रम अन्तर्गत विद्यालयको पहिचान गरिएको हो । विद्यालयको सुधारको लागि बालमैत्रि राष्ट्रिय प्रारुप २०६७ अनुसारको सरकारी मापदण्डको सुचकलाई आधार मानेर विद्यालय पहिचान गरिएको जाल्पा एकिकृत विकास समाजको फिल्ड अफिसर विवेक आले मगरले वताए । उनका अनुसार १४ वटा सुचकमा रहि भोटिङ्ग गरिएको थियो । ति १५ वटा सुचकमा शिक्षकको उपथिति, कक्षा कोठामा शिक्षक शिक्षकको लागि पेशागत सहयोग, भवन तथा कक्षा कोठा, बुक कर्नर, रहेकाछन् ।
यसैगरि अन्य सूचकमा पाठ्यपुस्तक, शौचालय, विद्यालयको तह पार गर्ने दर, विद्यार्थीको उपथिति, सुरक्षा, अतिरितm क्रियाकलाप र खानेपानीको अवस्था निर्धारण गरिएको थियो । विद्यालय ब्यावस्थापन समिति, शिक्षक अभिभावक संघ, विद्यार्थी, बाल क्लब प्रतिनिति, स्थानिय वुद्विजिवि, अभिभावक, शिक्षक, आर.पि.सँग विद्यालयको वास्तविक अवस्था वारे पत्ता लगाउने काम भएको थियो । मगरका अनुसार उतm कार्यक्रममा विद्यालयको हकहित र शैक्षिक गुणस्तर वृद्विकोलागि राखिएको अनुगमन लेखाजोखा बैठकले विद्यालय सुधार गर्नुपर्नेमा आगामि कार्ययोजना तयार पार्नुमा समेत टेवा पुग्ने र स्थानियले पनि यसमा अपनत्व ग्रहण गर्ने र सरोकारवालाले पनि वास्तविक अवस्था पहिचान पश्चात चासो वढ्ने विश्वास छ ।
विद्यालय ब्यावस्थापन समिति अध्यक्ष चन्द्र बहादुर मगरको अध्यक्षतामा भएको कार्यक्रमको विशेष अतिथि स्रोत ब्यतिm पर्शुराम खड्काको रहेको थियो । खड्काका अनुसार यो कार्यक्रम लागु भएकोले सवैले साथ सहयोग दिनुपर्ने भनाई थियो । कार्यक्रममा ३२ जना मध्ये ७ जना शिक्षक, १० जना विद्यार्थी र अन्य विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्यहरु, पि.टि.ए., अभिभावक र सिभिए समूहको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया