रामपुर- उदयपुरको बेलका नगरपालिकाले विपद जोखिम कम गर्ने उद्देश्यले १८ दिने समुदाय विपद स्वयंसेवक तालिम सुरु गरिएको छ ।
शुक्रबार बेलका नगर सभाहलमा तालिमको उद्घाटन गरिएको हो । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीको प्रमुख आतिथ्यता र शसस्त्र पहरी बल नेपाल ५ नम्बर गण हेड क्वाटर त्रियुगा उदयपुरका प्रमुख शसस्त्र पहरी उपरीक्षक सुनिल कुमार साहीको अध्यक्षतामा समुदाय विपद स्वयंसेवक तालिमको सुरुवात गरिएको हो ।
तालिमको उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेल, पशुपति गण उदयपुरका प्रमुख सेनानी शिव प्रसाद वाग्ले, जिल्ला प्रहरी कार्यलय उदयपुरका प्रहरी निरीक्षक हरिनाथ योगी, राष्ट्रिय अनुसन्धान उदयपुरका उपनिर्देशक कुमारी बुढाथोकी, निमित्त प्रमुख प्रशासकीय अधिकृत रविकरण आचार्य, वडा नम्बर –४ वडा अध्यक्ष तिर्थराज अधिकारी, कार्यपालिका सदस्यहरु, राजनीति दलका प्रमुख तथा प्रतिनिधिहर, विषयगत शाखाका प्रमुख तथा प्रतिनिधिहरु र तालिममा सहभागी पशिक्षार्थीहरुको उपस्थिति रहेकोे थियो ।