उदयपुर – उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले पालिकाको नामाकरण गरेको दिन आज फागुन १४ गते सार्वजनिक बिदा दिएको छ । पालिकाभित्रका सरकारी कार्यालयहरुमा जसमा वडा कार्यालयहरु, गाउँपालिका, स्वास्थ्य संस्थाहरु तथा विद्यालयहरुमा अत्यावश्यक सेवाबाहेक अन्य सेवा बन्द रहने सुचनामार्फत् जानकारी दिएको छ ।

गाउँपालिका अध्यक्षस्तरीय निर्णय अनुसार सार्वजनिक बिदा दिइएको हो । आइतबार एक विज्ञप्ति निकाल्दै प्रमुख प्रशासकिय अधिकृत योगेन्द्र राज गुरुङले सार्वजनिक बिदा दिएको जानकारी दिएका छन् ।

पत्रमा लिम्चुङबुङको जनताले पाएको आफ्नो लोकतान्त्रिक अधिकारलाई व्यवहारिक रुपमा प्रयोग गरि गाउँपालिकाको नाम लिम्चुङबुङ गाउँपालिका नामाकरण गरेको ऐतिहासिक दिन हो । गाउँपालिकाले नामाकरण भएको छैटौं वर्षको अवसरमा भोली उत्सवको रुपमा गाउँबासीलाई मनाउन अनुरोध गरिएको छ ।

तपाईको प्रतिक्रिया