रिता राउत, उदयपुर, विपन्न र दलित परिवारका महिलाहरुको स्तर उन्नतीका लागि उन्न जातको बाख्रा वितरण गरेको छ । सोमबार त्रियुगा नगरपालिका १६ स्थित सुकौरामा २२ वटा उन्नत जातको बाख्रा वितरण गरिएको हो । वडा कार्यालयको २ लाख आर्थिक सहयोगमा ज्योती महिला बहुउद्देश्य सहकारी संस्था सुकौराको आयोजनामा विपन्न ६ घरका महिला र दलित ५ महिलाहरुलाई दुई वटाको दरले २२ वटा बाख्रा वितरण गरिएको हो । त्रियुगा नगरपालिका १६ मा ३० प्रतिशत जनता गरिवीको रेखामुनी रहेको तथ्याङ्कले देखाएको छ । गरिवी न्यूनीकरणको लागि ११ घर परिवारलाई वाख्रा वितरण गरिएको वडा अध्यक्ष मान वहादुर राईले वताए । वडा कार्यालयको २ लाख रकमबाट उक्त २२ वटा बाख्रा वितरण गरिएको वडा अध्यक्ष राईले बताए । व्यावसायिक पशुपालन तथा कृषि व्यावसायको प्रचुर सम्भावना भएकाले थोरै परिवारबाट शुरुवात गरेको वडाध्यक्ष राईले बाख्रा वितरण कार्यक्रममा बताए । बाख्रा वितरणले वडालाई आर्थिक पाटोमा ठूलो टेवा पु¥याउने र समृद्ध वडा बनाउने योजनामा अघि बढेको वडाध्यक्ष राईले बताए । आउँदो आर्थिक वर्षमा पशु तथा कृषि व्यावसायलाई विशेष प्राथमिकताको साथ बजेट विनियोजन गरि आर्थिक स्तरमा सुधार गरि समृद्ध वडा बनाउने लक्ष्य लिएको वडाध्यक्ष राईले बताए ।
पहिलो वर्ष वडाले सडक वर्षको रुपमा मनाएको र गाउँको कुना काप्चामा समेत सडकको ट्रयाक पु¥याएको यस वर्ष विद्युत वर्ष मनाईरहदा तिन धारे बाहेक सवै गाउँ बस्तीमा विजुली चाडै बाल्ने तयारी रहेको र तीन धारेमा सौर्य उर्जाको व्यावस्था चाँडै गरि वडाको सवै वस्तीमा बत्ति पु¥याउने समेत राईले बताए । कतिपय विपन्न परिवारको बालबालिकाहरुले आर्थिक समस्याकै कारण आधा विचमा पढाई छाड्नु पर्ने समस्यालाई समाधान गरि घरको आर्थिक स्तर सुधार्ने उद्देश्यले गत साल देखि बाख्रा वितरण गर्दै आएको ज्योती महिला बहुउद्देश्यिय सहकारी सस्थाको अध्यक्ष गोमा कार्कीले बताईन् ।
बाख्रा वितरण गर्दा घरमा भएका दुई वटाका दरले बाख्रामा थापिने र व्यावसायिक बाख्रा पालन गर्नको लागि हौसलल्ला मिल्ने कार्कीले बताईन् । वाख्रा पाएपछि भोर्लेकी २० वर्षिया संगिता विकले खुसी हुदै भनिन् ‘हामी जस्तो आर्थीक कमजोर भएकोलाई वाख्रा वितरण गर्नुभयो, अब घरमा २ वटा बाख्रा थपिएकोले छोरा छोरीको पढाउनमा सजिलो हुने भयो ।’ स्थानिय सरकारले कृषि तथा पशु पालन, सामाजिक सेवामा सहयोग दिँदै आएकाले आफुहरुलाई एक दमै खुसी लागेको व्याग्रिंकी ३० वर्षिया गेल माया कार्कीले बताईन् ।

तपाईको प्रतिक्रिया