उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ३ मोतिगडा स्थित स्ट्याण्डर्ड भिजन एकेडेमीमा निःशुल्क दन्त शिविर सम्पन्न भएको छ । स्ट्याण्डर्ड भिजन एकेडेमीको आयोजनामा बिषहारा मल्टिस्पेशालिटी डेन्टल क्लिनिकको प्राविधिक सहयोगमा निःशुल्क दन्त शिविर संचालन भएको हो ।
शिविरमा १ सय ५० बढी विद्यार्थी र १५ जना अभिभावकको दन्त परीक्षण गरिएको एकेडेमीका संचालक नवराज सिंह ठकुरीले जानकारी दिए । संचालक ठकुरीका अनुसार विभिन्न किसिमका गुलियो मिठाईहरुले बनेको चकलेट, आइसक्रिम, चोकोपन लगायतले सा–साना बालबालिकाहरुको दातमा किरा लाग्ने, दात दुख्ने समस्यालाई मध्य नगर गर्दै दन्त शिविरको आयोजना गरिएको बताए । उनका अनुसार दातमा किरा लाग्ने, दात दुख्ने जस्ता समस्याले बालबालिकाहरु विद्यालय नआउने क्रम बढेपछि दन्त शिविर गरेर बालबालिकालाई सचेत गराएको संचालक ठकुरीले बताए । आगामी दिनमा बालबालिकाको स्वास्थ्यलाई मध्य नजर गर्दै स्वास्थ्य शिविर संचालन गर्ने संचालक ठकुरीले बताए ।
बिषहरा मल्टिस्पेशालीटी क्लिनिकका डा. नारायण चौधरीले उक्त शिविरमा विद्यार्थी तथा अविभावको दन्त परिक्षण गरेको छ । शिविरमा सामान्य दाँत र मुखको परीक्षण गर्दा मात्रै पनि दाँतको कुनै न कुनै समस्याहरु प्रत्येकमा देखिएको जनाए । उनले प्राय सबै बालबालिकामा दन्त समस्या रहेको जनाए । चौधरीले समस्या परेकाहरुलाई कुनै एक अफरमा सुलभ उपचार गरिने जनाएको छ । उनले विद्यार्थी तथा अविभावकहरुका लागि क्लिनिकले १५ प्रतिशत छुटमा उपचार गर्ने समेत जनाएको छ ।

 

तपाईको प्रतिक्रिया