उदयपुर, मोरङको रतुवामाई नगरपालिका ३ मा गत असारमा भिषण वर्षकै कारणले २१ घर बगरमा परिणत भएको थियोे । यसकारण यस क्षेत्रका अधिकांश बाढीपीडित अर्काको घरमा आश्रय लिन बाध्य भएको खबर विभिन्न संचार माध्यममा प्रकाशित भए पश्चात् मनका धनी समाजसेवी कृष्ण कुमार कार्कीले अशक्त बृद्ध अपाङ्ग भएको बाढी १० विस्थापितलाई घर बनाउन सुरुवात भएसंगै विभिन्न समाज सेवी ब्यक्ति भ्रमण अवलोकन गर्ने क्रम बढेको छ ।
विश्व उल्टो मोटरसाईकल यात्री चित्रकुमार कार्कीले संयोजन गरेको उक्त बस्तीमा अहिले पहिलो चरणमा ६ घर बनिरहेका र अझै आवश्यकता हेरेर थप गर्ने संयोजक कार्कीले बताएका छन् । यसैगरी इन्जिनियर चुडामणिा कार्कीले अत्यन्तै अशक्त सुकुम्बासी र आयस्रोत समेत नभएकोलाई पहिलो प्राथमिकता राखेर पहिलो चरणमा घर निर्माण गरिएको बताएका छन् । इन्जिनियर कार्कीका अनुसार जसले चिसो भुइँमा बस्नुपर्ने बाध्यता छ । उनीहरूलाई चाडै घर दिन आफुहरु आतुर रहेको इन्जिनियर कार्कीले बताएका छन् ।
यस्तै बस्ति अवलोकन भ्रमण गर्ने अधिकांशले सकारात्मक हौसला प्रदान गरेको समाजसेवी कृष्ण कार्कीबाट पाठ सिक्न सुझाव दिने गरेको वडा अध्यक्ष बुलन्द प्रसाद सिह गंन्गाईले बताएका छन् ।
हाल यस क्षेत्रमा २१ घर विस्थापित मध्ये ६ घर ८०५ काम सम्पन्न भएको संयोजक चित्रकुमार कार्कीले बताएका छन् । गत मंसिर २१ गते नेपाल सेनाका पुर्व प्रधानसेनापति रुक्मांगत कटवाल रतुवामाई नगरपालिकाका मेयर रविन राई सांसद लगायत स्थानीयवासीको उपस्थितिमा शिलान्यास कार्यक्रम भएको थियो ।

तपाईको प्रतिक्रिया