उदयपुर । पुरातनवादी, बुर्जुवा शिक्षाकै कारण पछाडि परिरहेकाले नेपालमा प्राविधिक शिक्षा आजको आवश्यकता रहेको नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) का पोलिट व्यूरो सदस्य तथा प्रदेश नं. १ का अध्यक्ष बलदेव चौधरीले बताए । देश भरिका सम्र्पूण प्रगतिशिल, जनवादी तथा देशभक्त बिद्यार्थी एकजुट होओ भन्ने नाराका साथ नेकपा एस निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन उदयपुरको जिल्ला अधिवेशनको क्रममा नेता चौधरीले यस्तो बताएका हुन् ।आफ्नो व्यवसाय गर्ने र आफ्नै कमाइ गरेर खाने संस्कृतिको विकास नहुनुमा हामीले अहिलेसम्म पाउँदै आएको अनुत्पादक औपचारिक शिक्षा नै हो । हाम्रो अवस्थाको जिम्मेवार अहिलेको शिक्षा नै भएको नेता चौधरीले बताए । प्राविधिक शिक्षा र उत्पादनमुखी शिक्षा नभएकै कारण हाम्रो देश विकासमा पछाडि पनि परेको त्यसैले आजको प्रमुख आवश्यकता भनेको व्यावहारिक, व्यावसायिक र सीपमूलक शिक्षा रहेको नेता चौधरीले बताए ।

अभिभावकले पनि आफ्ना छोराछोरीको इच्छा अनुसार कुन विषय पढाउँदा उपयुक्त हुन्छ त्यहीअनुसार निर्णय गर्नुपर्छ । हामी कहाँ अझै पनि विद्यार्थीको इच्छा एकातिर र अभिभावकको इच्छा अर्कै हुने अवस्था छ । अब दबाबमा होइन, आफ्नो क्षमता र इच्छाअनुसार विद्यार्थीले आफ्नो अध्ययनलाई अघि बढाउन अभिभावकले सहयोग गर्नु पर्ने नेता चौधरीले बताए । अहिलेको शिक्षा प्रणाली परिमार्जन गरी प्राविधिक विषयलाई अनिवार्य गर्न सकिए मुलुकमा प्राविधिक जनशक्तिको उत्पादन बढ्नुका साथै युवाशक्ति विदेश पलायन हुने क्रम पनि न्यूनीकरण हुने नेता चौधरीले बताए । मुलुकभित्रै बेरोजगारी र अवसरको कमीले गर्दा उच्च शिक्षा हासिल गरेका राम्रा विद्यार्थी विदेश पलायन भइरहेका छन् । यो राज्यका लागि ठूलो क्षति हो । त्यसैले, हाम्रो शिक्षा उत्पादनमुखी बन्नुपर्छ । व्यावहारिक र आत्मनिर्भर उन्मुख जनशक्तिले मात्रै मुलुक रूपान्तरण हुने भएकाले प्राविधिक शिक्षा अति आवश्यक देखिएको नेता चौधरीले बताए ।

उनले भने बिद्यार्थी आन्दोलनले मात्र समाज रुपान्तरण सम्भव हुने बताउँदै समाज रुपान्तरणको अभियानमा लाग्न युवा बिद्यार्थीहरुलाई आग्रह गरे । अहिले समाजमा दुई प्रकारको शिक्षा रहेको औल्याए । गरिबले पढ्ने स्कुल र धनीले पढ्ने स्कुल फरक छन । हामी चाहन्छौ धनी वा गरिब सबैले पढ्ने स्कुल एउटै हुनु पर्दछ । त्यो पनि निःशुल्क । हामी एउटै शिक्षा चाहन्छौ त्यो पनि प्राबिधिक तथा ब्यवसायीक । हामीले चाहेको शिक्षामा सठिपिकेट तुरुन्त बिक्रि हुने शिक्षा खोजेकाछौं । बिद्यार्थीहरुलाई सानै देखि प्राबिधिक तथा ब्यवसायीक शिक्षा दिन सके समाज रुपान्तरणसँगै समृद्धि हासिल हुने थियो ।

युवा बिद्यार्थीले राजनितिकसँगै समाजको नेतृत्व गर्नु पर्नेमा नेता चौधरीको जोड थियो । बिद्यार्थी भबिष्यका कर्णधार हुन । सबै शिक्षित भए समाज रुपान्तरण हुन धेरै समय लाग्दैन । प्राबिधिक तथा ब्यवसायीक शिक्षा बिना समाज रुपान्तरणमा चुनौती रहेको नेता चौधरीको भनाई रहेको छ ।

फरक प्रसंगमा नेता चौधरीले नेकपा एमालेलाई केपी ओलीले चितवनमा लगेर बिर्सजन गरि सकेको बताए । ओलीले चितवनमा एमालेलाई आतिसबाजी गरि बिर्सजन गरेको आरोप लगाए । पाटीको झण्डालाई लोप हुन लागेको एक सिगे गैडालाई जिम्मा लगाएर एमालेलाई लोप गराएको दाबी गरे । गैडासँगै ओलीको प्राईभेट एण्ड कम्पनी लोप हुन लागेको बताए ।

त्यसैगरी अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन केन्द्रिय सचिवालय सदस्य तथा प्रदेश १ अध्यक्ष राजु थाम्साङले शैक्षिक क्रान्तिको माध्यमद्धारा बैज्ञानिक समाजवाद स्थापना गर्न लागेको जानकारी दिए । प्राबिधिक तथा ब्यवहारिक शिक्षाको माध्यमबाट बैज्ञानिक समाजबाद स्थापना गर्ने मुलक उद्देश्य रहेको बताए । त्यसैगरी अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन केन्द्रिय सचिबालय सदस्य सुमन कार्कीले समाज रुपान्तरणको अभियानमा बिद्यार्थीहरु अग्रमोर्चा लाग्ने बताए ।

कार्यक्रममा नेकपा एकिकृत समाजवादीका प्रदेश साँसद सुनिताकुमारी चौधरी, जिल्ला स्तरीय नेताहरु त्रियुगा नगर कमिटीका अध्यक्ष जनार्दन रेग्मी लगायतको उपस्थिति रहेको थियो ।

अनेरास्ववियुमा कटुवालको नेतृत्वमा ५१ सदस्यी नयाँ कमिटी चयन

देश भरिका सम्र्पूण प्रगतिशिल, जनवादी तथा देशभक्त बिद्यार्थी एकजुट होऔ भन्ने नाराका साथ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन जिल्ला अधिवेशन तथा बिद्यार्थी भेलाले भबन कटुवालको नेतृत्वमा ५१ सदस्यीय नयाँ कमिटी चयन गरेको छ ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन जिल्ला अधिवेशन तथा बिद्यार्थी भेलाद्धारा चयन भएको नयाँ कमिटीलाई अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन केन्द्रिय सचिवालय सदस्य तथा प्रदेश अध्यक्ष रामु थाम्साङले सपथ ग्रहण ख्याएका थिए । अधिबेशनमा जिल्लाका सबै पालिकामा रहेको क्याम्पसहरुबाट बिद्यार्थीहरुको सहभागीता रहेको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन केन्द्रिय सदस्य सुरेश गुप्ताले जानकारी दिए । अन्य पदाधिकारी बारे पछि जिल्ला कमिटीको बैठकबाट जिम्मेबारी दिइने गुप्ताले बताए । कार्यक्रमको सञ्चालन सुरेश गुप्ताले गरेको थियो ।

 

तपाईको प्रतिक्रिया