उदयपुर । सगरमाथा आयुर्वेद औषधालय गाईघाटले शनिबार र आइतबार जिल्ला कारागार उदयपरमा रहेको कैदी बन्दीको स्वास्थ्य परीक्षण गरिएको छ । निरोगी नेपाल अभियान अन्तर्गत २२८ जना कैदी बन्दी र १४ जना कर्मचारी र सुरक्षाकर्मीको स्वास्थ्य परीक्षण गरेको जना सगरमाथा आयुर्वेद औषधालयका प्रमुख डा. सरोज प्रसाद विशालले जनाएको छ ।

कैदी बन्दी मानसिक स्वस्थ्यको अवस्था ह्रास भै मानसिक तनाव हुने हुँदा र यसवाट शरीरको रोफक्रो मेटाबोलिजम असन्तुलन भई हर्मोन तथा एनाइजमको गडबढीले विभिन्न नसर्ने रोगको सम्भावना रहेकोले कारागारमा स्वास्थ्य परीक्षण गरिएको डा. विशालले बताए ।कैदी बन्दीहरुको बडी मास इन्डेक्स, रक्तचाप, ब्लड सुगर, युरिन परीक्षण लगायत क्लिनिकल र फिजिकल परीक्षण गरिएको थियो । स्वास्थ्य जीवन अन्तर्गतको स्क्रीनिङले भविष्यमा हुने स्वास्थ्य जटिलतालाई न्यूनीकरण गर्न सकिने डा. विशालले जानकारी दिए ।

नेपाल स्टेपस सर्भे २०१९ ले उल्लेख गरेका नसर्ने रोगका जोखिम तत्वहरु बारे समाजमा सतर्कता अपनाई स्वस्थ्यकर जीवनशैली अवलम्बन गर्न स्वास्थ्य परीक्षणले कोशेढुंगा सावित हुने डा. विशालले बताए ।

सगरमाथा आयुर्वेद औषधालयमा रोगीका उपचारका अतिरिक्त निरोगी व्यक्तिहरूका लागि आफ्नो स्वास्थ्यको मापन गरि स्वस्थता कायम राख्न छुट्टै स्वस्थ जीवन परामर्श कक्ष स्थापना गरिएको छ । अस्पताल भनेको रोगीका मात्र नभैइ निरोगीले पनि अफ्नो स्वास्थ्यको अवस्था बारे जानकारी लिने स्थलको रूपमा विकास गर्नुपर्ने डा. विशाल वताउँछन् । यसवाट मात्र हामी स्वस्थ समाजको निर्माण गर्न सक्छौ ।

स्वास्थ्य परीक्षणको समापनमा कारगारका जेलर कुमार खडकाले यस किसिमको कार्यक्रम सारै उपलव्धी मुलक रहेको र थप औषधालयको समन्वयमा स्वास्थ्य सम्बन्धी क्रियाकलाप सन्चालन गर्न आतुर रहेको बताउनु भयो । उनका अनुसार कसैको ध्यान नपुगेको स्थान कारागार हो, स्वास्थ्यकर्मीको मुख नहेरेको संस्था कारागार हो र सबै भन्दा हेपिएको सेवाबाट बन्चित समूहमा स्ट्रेसको पोको बोकेको समूह भएको जनाएको छ ।

तपाईको प्रतिक्रिया