उदयपुर । उदयपुरको कटारी नगरपालिका वडा नं. ९ लिम्पाटारले गाउँमा नै गर्भ जाँच गर्न अल्ट्रा साउण्ड तथा भिडियो एक्सरे सेवा सुरु गरेको छ ।
कटारी नगरपालिका वडा नं. ९ मा मातृ, गर्भवती तथा नव शिशुहरुको लागि ग्रामिण अल्ट्रा साउण्ड (RUSG) मेसिनको उद्घाटन गरिएको हो ।
कटारी नगरपालिकाका नगर उपप्रमुख भिम कुमारी राउतले एक समारोहका विच अल्ट्रा साउण्ड तथा भिडियो एक्सरे मेसिन हस्तान्तण गरिन ।

गाउँमै अल्ट्रा साउण्ड तथा भिडियो एक्सरे मेसिन उपलब्ध भएपछि महँगो खर्च तिरेर कटारी, गाईघाट, धरान विराटनगर जानु पर्ने बाध्यता अव विस्तारै हटने विश्वास नगरपालिकाले लिएको छ ।

कटारी नगरपालिकाले आमा सुरक्षा गर्ने कार्यक्रम अन्तरर्गत पाँच लाखको लागतमा अल्ट्रा साउण्ड मेसिन खरिद गरेर संचालन गरेको उपमेयर भिमकुमारी राउतले जानकारी दिईन ।

उपमेयर राउतका अनुसार गाउँमै सेवा पाएपछि गर्भको बच्चाको अवस्था पहिचानका लागि अल्ट्रा साउण्ड गर्न पालिकाको केन्द्र पुग्दा हुने समय र रकम बचत हुने छ । अहिले अल्ट्रासाउण्ड सेवाबाट गर्भमा रहेको बच्चाको अवस्थाको बारेमा जाँच गर्ने भनिए पनि पित्त थैली, मृगौला, मुत्रथैलीको पत्थरी, कलेजोको रोग समेत पत्ता लगाउन समेत प्रयोग हुने हुदाँ कटारी नगरवासीलाई राहत पुगेको छ ।

कटारी नगरपालिका माथिल्लो क्षेत्रका वडाहरु ९, १०, ११, १३ र १४ मा समेत सेवा विस्तार गर्ने तयारी रहेको राउतको भनाई छ । राउतका अनुसार नगरपालिकाले अल्ट्रा साउण्ड सेवा निःशुल्क उपलब्ध गराउने भएकाले नगरबासीले लाभलिन कन्जुसियाई गर्न नहुने बताईन ।

तपाईको प्रतिक्रिया