उदयपुर । उदयपुरमा पछिल्लो २४ घण्टामा ४७९ जना कोरोनामुक्त भएका छन् । शुक्रबार २१८ महिला र २६१ पुरुष गरी ४९७ जना कोरोनालाई जितेका हुन् ।पछिल्लो समय जिल्लामा हाल सम्मकै सबै भन्दा बढी संक्रमितहरुले कोरोना जितेको यो पहिलो पटक हो । सवैभन्दा बढी त्रियुगा नगरपालिकाका २३७ जना कोरोनामुक्त भएका छन् । कोरोना जित्नेहरुमा होम आईसोलेसन, हस्पिटलमा रहेकाहरुहरु रहेको जिल्ला स्वास्थ्य कार्यालय उदयपरले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ७० जना कोरोना संक्रमित थपिएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार २९५ जनाको परिक्षणमा पछिल्लो समयमा बेलका, त्रियुगा र चौदण्डीगढी नगरपालिकाका गरी ३८ महिला र ३२ पुरुषमा संक्रमण देखिएको छ ।

सँधै उच्च संक्रमण फेला पर्ने त्रियुगा नगरपालिकामा शुक्रबार सबै भन्दा कम ७ जना संक्रमित देखिएको छ । सबै भन्दा बढी बेलका नगरपालिकामा ३६ जना र चौदण्डीगढीमा २७ जना संक्रमित देखिएको छ ।

यो सँगै जिल्लामा कोरोना संत्रमितको कुल संख्या १ हजार ६८७ पुगेको छ भने सक्रिय संक्रमितको संख्या जिल्लामा ३१२ महिला र ३५४ पुरुष गरी ६६६ जना रहेको छ । अहिलेसम्म सबैभन्दा बढी त्रियुगा नगरपालिकामा सक्रिय कोरोना संक्रमित रहेको छ । सक्रिय संक्रमितको संख्या त्रियुगा नगरपालिकामा १३२ महिला सहित २९८ जना, कटारी नगरपालिकामा २० महिला सहित ४५ जना, बेलका नगरपालिकामा ५९ महिला सहित १२० जना र चौदण्डीगढी नगरपालिकामा ६१ महिला सहित ११९ जना रहेको छ ।

रौतामाई गाउँपालिकामा १० महिला सहित १६ जना, उदयपुरगढी गाउँपालिकामा ८ महिला सहित १९ जना, ताप्ली गाउँपालिकामा ३ महिला सहित १० जना र लिम्चुङबुङ गाउँपालिकामा १९ महिला सहित ३९ जना सक्रिय संक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरको तथ्याङ्कले देखाएको छ ।

अहिलेसम्म १५ महिला र ३१ पुरुष गरी ४६ जनाको कोरोनाबाट मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरको तथ्याङ्कले देखाउँछ । जसमा त्रियुगा नगरपालिकामा २४ जना, कटारी नगरपालिकामा ४ जना, बेलका नगरपालिकामा ४ जना, चौदण्डीगढी नगरपालिकामा ९ जना, रौतामाई गाउँपालिकामा १ जना, उदयपुरगढी गाउँपालिकामा ३ जना र लिम्चुङबुङ गाउँपालिकामा १ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया