उदयपुर । भिभो मोबाइलको पूर्वाञ्चल डिष्ट्रिब्यूटर सेलुसिटी प्रा.लि.ले आइतबार उदयपुरको सदरमुकाम गाईघाटमा रिटेलरहरुको भेला आयोजना गरेको छ ।
भिभो नेपालका कम्पनीका पूर्वाञ्चल बजार व्यवस्थापक एरिया सेल्स मेनेजर निमेश घिमिरले उदयपुरका भिभो मोबाइलका एक दर्जन बढी रिटेलरलाई प्रि–बुकिङबारे जानकारी गराएका थिए । उनले भिभोको नयाँ मोबाइल वाई १२ एस मोबाइलको प्रि बुकिङ कसरी गर्ने भन्ने विषयमा जानकारी गराइएको जानकारी दिए । उनका अनुसार भिभो मोबाइलको मूल्य १७ हजार ९९९ रुपैया रहेपनि फेब्रुअरी ९ देखि १३ तारिखसम्म प्रत्येक प्रि–बुकिङ गर्ने ग्राहकले मोबाइलमा एक हजार रुपैयाँ छुट पाउने छन् । प्रि–बुकिङ उदयपुरको जुनसुकै मोबाइल पसलबाट पनि गर्न सकिनेछ ।
त्यसबाहेक अनलाइन र अफलाइनबाट प्रि–बुकिङ गर्ने ग्राहकहरुले लक्की ड्रमा पनि सहभागी हुन पाउनेछन् । लक्की ड्र फेब्रुअरी १४ देखि २८ सम्मका मोबाइल खरिद गरेका ग्राहकलाई दिईनेछ ।
जसमा अनलाइनबाट प्रि–बुकिङ गर्ने ३ जना ग्राहकले वाई १२ एस मोबाइल, १०० जना ग्राहकले २५ सय रुपैयाँ बराबरको उपहार तथा ५०० जना ग्राहकले निःशुल्क स्क्रिन रिप्लेसमेन्टको सुविधा पाउनेछन् ।
भिभो वाई १२ एस मोबाइलको मूल्य १७ हजार ९९९ रुपैयाँ पर्छ । जसमा ६.५१ इञ्चको डिस्प्ले, एमटी ६७६५ चिप, ३ जीबीको मेमोरी हुनेछ भने ३२ जीबीसम्म मेमोरी थप गर्न सकिनेछ । मोबायइलमा ८ एमपीको फ्रन्ट क्यामरा र १३ प्लस एमपीको मुख्य क्यामरा हुनेछ । मोबाइलमा ५००० मेगाहर्ज क्षमताको ब्याट्री छ ।
भिभो मोबाइलको उदयपुरको आधिकारिक डिष्ट्रिब्युटर कालिका सप्लायर्स एण्ड ट्रेडर्स रहेको छ । कालिका सप्लायर्स एण्ड ट्रेडर्सका संचालक सुनिल ठाकुरले लन्च भएको मोबाइलको लागि रिटेलरहरुले करिव १०० वटा बुकिङ गरिसकेको जानकारी दिए ।