उदयपुर । धान उत्पादनमा वृद्धि, आत्मनिर्भर र समृद्धि भन्ने नाराकासाथ चौदण्डीगढी नगरपालिकालेपनि १७ औ धान दिवस तथा रोपाई महोत्सव ०७७ मनाएको छ ।
चौदण्डीगढी नगरपालिका ५ बेल्हामा नगर प्रमुख खगेन्द्र राई, उप प्रमुख रिताकुमारी चौधरी, प्रमुख प्रसाशकीय अधिकृत शिवप्रशाद हुमेगाई, लगायतले सोमबार खेतमा धान रोप्दै र दहि च्यूरा खाँदै १७ औं धान दिवस मनाएका हुन् ।
सो अवसरमा नगरकार्यपालिका सदस्यहरु वडासदस्यहरु र स्थानीय कृषकहरु बीच सामुहिक धान रोपिएको छ । नगरपालिकाले प्रत्येक साल यसैगरी धान दिवस मनाउने गर्दछ । आजकै दिन नेपाली संस्कार अनुसार असार १५ लाई दहि चिउरा खाने पर्वको रुपमा मनाईन्छ ।












