काठमाडौं । भविश्यका सुनौला सपना बुन्दै लाखौं नेपालीहरु आफ्नो जन्मभूमिबाट टाढा बसेर कठिन पलहरु गुजार्दै गरेको परदेशको कथा पिडा आफ्नै छ । हाल दुई दशकदेखि अमेरिकाको न्यूयोर्कलाई कर्मभूमि बनाई सुख, दुःख, तिता मिठा अनुभग संगाल्दै, तिरको विझाई र घोचाई सहदै, उकाली ओरालीको बावजुत यस्तै यथार्थ कथामा आधारित गायक प्रेम सेन्चुरीको आफ्नै शब्द, संगीत र स्वरको नयाँ गीत “परदेशले मलाई रुवायो”बोलको गीत सार्वजनिक भएसँगै सर्वत्र चर्चाको शिखरमा पुगेको छ ।
सार्वजनिक भएको केही समयमै निकै चर्चा तथा लाखौं दर्शक श्रोताको माया पाएको गीतलाई सबैतिर निकै रुचाईएको छ । गीत चर्चामा आएसँगै धेरै नै राम्रो प्रतिक्रिया दिइएको गायक सेन्चुरीले जानकारी गराए ।
आफ्नो देश,घर–परिवार,गाउँ घर–बन पाखा छोडेर परदेशको भूमिमा सहनु परेको एक्लोपनसहितको छटपटी गीतको शब्दमा समेटिएको छ । बिरानो ठाउँमा सुख खोज्दा खोज्दै आधा उमेर बितिसके पनि सुख नभेटिएको र जन्मभूमिको यादले हरपल सताईरहेको जस्ता ओतप्रोत शब्दले आफ्नै देश फर्कने बाचा गीतमा गरिएको छ । यो गीतका एरेन्जर बिमल बुढाथोकीले गरेका छन् ।
हाल अमेरिकाको न्युयोर्कमा रहेका गायक प्रेम सेन्चुरीले बिगत दुई दशक अघिदेखिको सांगीतिक यात्रामा आफ्नै प्रस्तुतिका गीति एल्बम र फुटकर सबै गरेर दर्जनौं गीत गाई सकेका छन् । परदेशको व्यस्त दैनिकीमा समेत समय निकालेर गीत–संगीतमा रमाउने प्रेमका अन्य थुप्रै नयाँ गीतहरुको पनि तयारी भईरहेको छ । गायक प्रेम सेन्चुरीले न्युयोर्क लगायत अमेरिकाका अन्य शहरहरुमा हुने गरेका थुप्रै कार्यक्रमहरुमा आफ्नो सांगीतिक प्रस्तुति दिईरहेका छन् ।
विगतमा विविध कारणले सुस्ताएको आफ्नो संगीत कर्म अब निरन्तर रुपमा अगाडी बढ्ने पनि प्रेम सेन्चुरीले जानकारी गराएका छन् ।
गीतको भिडियो :

तपाईको प्रतिक्रिया