उदयपुर / उदयपुरमा ९ बर्षिया बालिकालाई यौन दुव्र्यवहारको आरोपमा पक्राउ परेका एक युवक जिल्ला अदालतले तोकेको धरौटी बुझाउन नसक्दा कारागार चलान भएका छन् ।
जिल्ला न्यायाधिश तिर्थराज केसीको इजलासले आईतबार ६० हजार धरौटी लिई रिहा गर्ने आदेश दिएपनि धरौटीवापतको रकम बुझाउन नसक्दा रौतामाई गाउँपालिका ३ रसुवाका २८ बर्षीय डम्बरबहादुर राई कारागार चलान भएका हुन् ।
अदालतले धरौटी लिई रिहा गर्नु, वुझाउन नसके कारागार चलान गर्नु भन्ने आदेश दिएसँगै तोकेको रकम बुझाउन नसक्दा कारागार पठाइएको श्रेस्तेदार राजकुमार आचार्यले जानकारी दिए । राईले असोज ३ गते मादकपदार्थ सेवन गरी बालिकालाई बलात्कारको प्रयास गरेका थिए ।
बालिका सुतेको कोठामा पसेर दुव्र्यवहार गर्न लाग्दा होहल्ला भएपछि उनी फरार भएका थिए । राईविरुद्ध पीडित परिवाले जिल्ला प्रहरी कार्यालयमा असोज ६ गते जाहेरी दिएका थिए । प्रहरीले उनलाई असोज ७ गते पक्राउ गरी कारवाही प्रकृया अघि बढाएको थियो ।

तपाईको प्रतिक्रिया