सप्तरी / सप्तरीको राजविराज नगरपालिका ११ झलहीमा शुक्रबार विद्युतीय मोटर चलाउने क्रममा करेण्ट लागेर महिलाको मृत्यु भएको छ। राजविराज ११ झलहीका शत्रुघन यादवकी पत्नी ३० वर्षीया रेखादेवी यादवको करेण्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक रेखादेवी राजविराज नगरका प्रमुख शम्भुप्रसाद यादवकी भाइ बुहारी हुन्। प्रहरीका अनुसार आफ्नै घरमा रहेको पानी तान्ने मोटर बिग्रिएपछि परीक्षण गर्ने क्रममा रेखालाई करेण्ट लागेको थियो। करेण्ट लागेर गम्भीर अवस्थामा यादवलाई तत्काल जिल्ला सदरमुकाम राजविराजस्थित सगरमाथा अञ्चल अस्पताल ल्याइएको भएता पनि उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको शव पोष्टमार्टमपछि परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
नदीजन्य पदार्थ उत्खनन खुलाउन माग गर्दै नेकपा एसले त्रियुगाका मेयरलाई बुझाए ज्ञापनपत्र
उदयपुर । नदीजन्य पदार्थ उत्खनन् खुलाउन माग गर्दै नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) त्रियुगा नगर कमिटीले त्रियुगा...
उदयपुर सिमेन्टको किल बोकेको ट्रेलर दुर्घटना
उदयपुर । उदयपुर सिमेन्ट उधोगको किल बोकेर ल्याउँदै गरेको भारतीय ट्रेलर चुरे जंगलमा दुर्घटना भएको छ । भारतको कलकत्ताबाट २ ...
उदयपुरमा लोसपाका अध्यक्ष ठाकुर, पूर्व प्रअ सत्य नारायण झा सहित ५ सय बढी एकीकृत समाजवादीमा प्रवेश (नामावली सहित)
उदयपुर / लोकतान्त्रिक समाजबादी पार्टी उदयपुरका अध्यक्ष खुशीलाल ठाकुरले पार्टी परित्याग गर्दै नेकपा एकीकृत समाजबादी पार्ट...
पूर्व प्रधानमन्त्री नेपालले आज गाईघाटमा हुने सन्देश सभालाई सम्बोधन गर्ने
उदयपुर । नेकपा एकीकृत समाजबादी उदयपुरको आयोजनामा आज गाईघाटको पिपल चौकमा हुने सन्देश सभालाइ सम्बोधन गर्न पार्टी अध्यक्ष त...
६ महिना देखि वडा कार्यालय धाउँदा पनि भएन चार किल्ला प्रमाणित
उदयपुर । त्रियुगा नगरपालिका १२ स्थित बरुवा क्याम्पस गाईघाटले जग्गा व्यवस्थापनका चार किल्ला प्रमाणित गर्न ६ महिनादेखि वडा...
उदयपुरमा लागू औषध सहित दुई जना युवा पक्राउ
उदयपुर । उदयपुरमा प्रतिबन्धित लागू औषध सहित दुई जना युवा पक्राउ परेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका ११ का २७ वर्...