सुखिलाल चौधरी, उदयपुर / पाँच दिन अघि सामुहिक बलात्कारपछि हत्या भएको १३ वर्षिय बालिका एल्जिना खड्काको शब आफन्तले बुधवार बुझि दाहसंस्कार गरेको छ । बालिकाको आफनै सहकर्मिद्धारा सामुहिक बलात्कारपछि हत्या गरेको खुलेको छ । उदयपुरको रौतामाई गाउँपालिका–३ लाफागाउँस्थित जनता माध्यामिक बिद्यालय रसुवा लाफागाउँका कक्षा ९ अध्ययनरत बालिकाको सामुहिक बलात्कारपछि हत्या भएको हो ।
जनता माध्यामिक बिद्यालय रसुवा लाफागाउँको कक्षा ९ मा अध्ययनरत १५ वर्षिय किशोर दिपे भन्ने दिपेन्द्र राई र १७ वर्षिय रुजन भन्ने पदमवीर राईले सामुहिक बलात्कार गरि हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
लाफागाउँको अमला भञ्याङको जंगलमा पाँच दिन अघि जंगलमा मृत भेटिएकी १३ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्यारा भएको घटना स्थलको प्रकृति लास जाँच मुजुल्का र शब परिक्षण प्रतिवेदनले पुष्टी गरेको प्रहरीले जनाएको छ ।
बाख्रा चराउन गएर नफर्केकी रौतामाई गाउँपालिका– ३ लाफागाउँ अमला भञ्याङ्गकी एल्जिना खड्काको शव अर्धनग्न अवस्थामा भोलीपल्ट आइतबार फेला परेको थियो । उनको बलात्कारपछि हत्या भएको आफन्तको दाबी अनुसार घट्नामा संलग्न भएको आशंकामा सोधपुछका लागि प्रहरीले ६ किशोरलाई पक्राउ गरेका मध्ये २ जनाले आरोप स्वीकारेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । संलग्नताको आशंकामा सोमबार पक्राउ परेका छिमेकी ५ किशोरको बयान अनुसार मंगलबार बिहान थप १ किशोर पक्राउ परेका थिए । उनीहरुमध्ये १५ वर्षीय किशोर दिपेन्द्र मुख्य दोषी र अर्का १७ वर्षीय किशोर पदमविर मतियार भएको खुलेको जिल्ला प्रहरी प्रमुख एसपी चन्द्रदेव राईले जानकारी दिए ।
हामीले हत्यामा संलग्नताको आशंकामा घट्नास्थल पुगेको टोलीले नियन्त्रणमा लिएर ल्याएका ५ किशोरहरु माथि सोधपुछ गर्दा’ हत्या गरेको स्वीकार गरेको एसपी राईले भने ‘उनीहरुको बयानका आधारमा अर्का १५ वर्षीय किशोर मंगलबार बिहान नियन्त्रणमा लियौं, सोधपुछको क्रममा उनीसहित २ किशोरले अपराध स्वीकार गरेका छन् । प्रहरीले दोषी निश्चित भइसके पनि पोष्टमार्टम रिपोर्ट शब परिक्षण प्रतिवेदन आउन बाँकी रहेकाले अपराधीलाई अहिले नै सार्वजनिक गरेको छैन ।
बालिकाको शव बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोष्टमार्टम गरि ल्याएको थियो । जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी अर्जुन रानाभाट र उदयपुर अस्पतालका मेडिकल अधिकृत विजय मेहता सहितको अनुसन्धान टोलीसहित पोष्र्टमार्टमका लागि सोमबार साँझ धरान पठाइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरमा अनुसन्धानका लागि ल्याईएका ६ जना मध्ये ४ जनालाई सोधपुछ पछि छाडिएको छ भने २ जना बिरुद्ध बालिकाका आफन्तले किटानी जाहेरी दिएका छन् । किटानी जाहेरी दर्तापछि उनका आफन्तले शब बुझि दाहसंस्कार गरेको बालिकाका ठुलो बुवा मानबहादुर खड्काले बताए । उनले भने घर देखि ३ सय मिटरको दुरीमा भतिजीको अमानविय ढंगबाट बलात्कारपछि हत्या भयो । तर हामीले थाहा पाएनौं एल्जिना हराएको एक दिनपछि खरबारीमा मृत भेटियो । त्यसपछि तुरुन्त प्रहरीलाई खबर गरियो, प्रहरीले तत्काल घटनास्थल पुगि अनुसन्धान गरि हत्या पक्राउ गर्न सफल भएको ठुलो बुवाको भनाई रहेको छ ।