कटारी/चाडवाडमा कसलाई राम्रो लाउने, मिठो खाने रहर हुदैन र । चाडपर्वको बेला पल्लो घरको बच्चाहरु नयाँ लुगामा सजिदा आफ्नो बच्चाहरुलाई नयाँ लुगा किनि दिने मन कुन आमाबुवालाई हुँदैन र ?
उदयपुरको कटारी नगरपालिका वाड नम्बर २ का अध्यक्ष प्रेम बहादुर थापाले आफ्नो पहलमा आफ्नो वडाका अति गरीब असाहायहरुलाई कटारी स्थित आर.एस.अटो मोबाइल्स प्रा.लि.का संचालक राजेश चन्द्र श्रेष्ठ र सविन खानले आफै गरिब असाहायको घरमा पुगेर २५ किलोको १ बोरा चामल, परिवारका सम्पूर्ण सदस्यलाई कपडा र १ हजार रुपैया वितरण गरेका हुन ।
दशै जस्तो महान चाडपर्बको बेला एक जोर कपडा लाउन नसक्ने मिठो खानको लागि अरुको मुख ताक्नु पर्ने अबस्था नआयोस भनेर आफुहरुले त्यस्ता गरिव असाहयलाई अध्यक्षको माध्यमबाट सहयोग गरेका हौं । करिब सात सय घर धुरी रहेको २ नम्बर वडामा अति गरिब १७ घर परिवारलाई कपडा, चामल र १ हजार रुपैयाका दरले सहयोग गरेको कटारी उधोग वाणिज्य संघ उदयपुरका पूर्व अध्यक्ष समेत रहेका राजेश चन्द्र श्रेष्ठले बताए ।
हामी त सबै राम्रो खान्छौ राम्रो लगाउछौ तर हाम्रो ठाउँमा कति परिवारहरु बिहान खाए बेलुका के खानु भनेर बस्नु पर्ने अबस्था छ त्यस्ता केहि परिवारलाई हामीले सहयोग गरेको बताए । आउँदा दिनमा अरु वडाका अति गरीब विपन्न परिवारलाई पनि सहयोग गर्ने सोच रहेको उनीहरुले बताए । सबैले आफुले आम्दानीको केही प्रतिशत सहयोग गर्ने हो भने पनि गरीब विपन्न घर परिवारमा दशै आउने र उनीहरु खुसी भएर चाडपर्ब मनाउन सक्ने सविन खानले बताए । दशैंमा सबैले खुसी भएर चाडपर्ब मनाऊन भनेर नै सहयोग गरेका उनले बताए । आउँदा दिनमा गरीब विपन्न परिवारका बालबालिका जो आर्थिक अवस्थाको कारण विधालय जान नसक्ने अबस्थाका छन ति बालबालिकाहरुलाई पनि आफुहरुले सहयोग गर्ने बताए । गरीव विपन्नलाई सहयोग गर्दा मनै देखि खुसी मिल्दो रहेछ उनले भने “आउँदा दिन त्यस्ता गरिव विपन्न घर परिवारलाई सकेको सहयोग गर्नेछु ।’

तपाईको प्रतिक्रिया