उदयपुर । त्रियुगा नगरपालिकाका नगर प्रमुख बलदेव चौधरीले लक्ष्मीपुर माध्यामिक बिद्यालयका शिक्षकहरुलाई एक कार्यक्रमका बिच नौ वटा ल्यापटप बितरण गरेको छ । शिक्षालाई रुपान्तरण गर्न बिद्यालयमा कार्यरत शिक्षकहरु प्रबिधिमैत्री बनाउन ल्यापटप बितरण गरिएको नगर प्रमुख चौधरीले बताए । शिक्षकलाई प्रबिधिमैत्री बनाउन सकियो भने गुणस्तरीयतामा टेवा पुग्ने भएकाले पनि शिक्षकको क्षमता अभिबृद्धिका लागि प्रबिधि हस्तान्तरण गरिएको हो ।
त्रियुगा नगरपालिकामा आगामी आर्थिक वर्षमा १५ वटा बिद्यालयमा प्राविधिक शिक्षा लागु गर्ने योजना रहेको नगर प्रमुख चौधरीको भनाई रहेको छ । त्रियुगा नगरपालिकामा शिक्षा मोडलको रुपमा बिकास गर्दै लैजाने योजना रहेको सुनाए ।
शिक्षालाई रुपान्तरण गरि प्राबिधिक जनशक्ति उत्पादन गर्ने थलोको रुपमा बिकास गर्न नसके सम्म नगरको समग्र बिकास हुन नसक्ने भएकाले त्यसका लागि हामी सबै एक भएर लाग्नु पर्नेमा जोड दिए । शिक्षालाई रुपान्तरण गरि शिक्षा क्षेत्रमा रोजगारी सिर्जना गर्ने शिक्षाको तयारी गर्दैछौं । हरेक बिद्यालयमा प्राबिधिक शिक्षा सञ्चालन गरिने तयारीमछौं भने त्रियुगा नमूना माध्यामिक बिद्यालय गाईघाटमा प्राविधिक शिक्षा सुरु भई सकेको छ अब अन्य १५ वटा बिद्यालयमा पनि छिट्टै नै प्राबिधिक शिक्षा लागु गर्ने तयारीमाछौं ।
गुणस्तरीय शिक्षाका लागि शिक्षकहरुको क्षमता बिकासका लागि तालिमको ब्यवस्था गरिने र स्थानीय स्तरमा नै बिक्रि हुने सिपको शिक्षा दिन लागेकाछौं । जसका लागि नगरपालिकाले शिक्षा निति बनाएर अघि बढ्दैछ । लक्ष्मीपुर माध्यामिक बिद्यालयलाई आगामी आर्थिक वर्ष देखि प्राविधिक शिक्षामा रुपापान्तरण गर्ने योजनामाछौं ।
शिक्षाको क्षेत्रमा बिद्यालय स्तर सम्म स्थानीय तहको अधिकार भएकाले बिद्यालय स्तरमा नै नगरपालिकाको अधिकाश बिद्यालयमा प्राबिधिक शिक्षा नगरपालिकाले नै शिक्षा निति बनाएर अनुमति दिने तयारीमा रहेको नगर प्रमुख चौधरीले जानकारी दिए । संबिधानले नै बिद्यालय स्तर स्थानीय तहको अधिकार क्षेत्र भित्र पर्ने भएकाले त्यसका निम्ति निति बनाएर लागु गर्ने तयारीमा रहेको बताए ।
शिक्षकहरुलाई उपलब्ध गराएको कम्प्युटरलाई भरपुर प्रयोग गर्न आग्रह गर्दै प्रत्येक शिक्षक प्रबिधिमैत्री हुन आवश्याक रहेको औल्याए । तपार्ई शिक्षकहरु प्रबिधिमैत्री भएपछि मात्र बिद्यार्थीलाई सिकाउन सकिने भएकाले पहिला तपाई सिक्नु होस् त्यसपछि बिद्यार्थीलाई सिकाउनु होस ।
ल्यापटप हस्तान्तरण कार्यक्रममा त्रियुगा नगरपालिका १३ का वडाध्यक्ष पशुपति चौधरी, बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष समुद्री चौधरीले बिद्यालयको समस्याको बारेमा अवगत गराएका थिए । कार्यक्रमको सञ्चालन बिद्यालयका प्रधानाध्पक टंकप्रसाद गुराँगाईले गरेको थियो ।









