उदयपुर — उदयपुरमा स्कुल बस र अटो ठोक्किँदा तीन जनाको ज्यान गएको छ ।
सोमबार विहान अन्दाजी ९ः४५ बजेको समयमा बेलका नगरपालिका ५ जहडा स्थितमा सुपाडेबाट लालबजार तर्फ आँउदै गरेको को.प्र.०५–००१ ह ०६१३ न. को अटो र विपरीत दिशाबाट जाँदै गरेको को १ ख ३५१६ नं. को सफल आदर्श इङ्लिस बोर्डिङ स्कुलको बस एक आपसमा ठक्कर खाई दुर्घटना परेको थियो ।
अरू दुई जना घाइते भएका छन् ।
उनीहरूलाई उपचारका लागि तत्काल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, अस्पताल धरान लगिएकोमा उपचारका क्रममा अटो चालक बेलका नगरपालिका–५ का २८ वर्षीय इन्द्र थापा, बेलका–५ कै ३४ वर्षीया मन्दिरा मगर र बराहक्षेत्र नगरपालिका ४ कि दिपा भन्ने दिया राईको ज्यान गएको प्रहरीले जनाएको छ ।
अटोमा सवार सोही ठाउँका १८ वर्षिय रोशन मगरको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ भने अर्का मोरङ बिराटनगर महानगरपालिका १२ बस्ने १९ वर्षिय अजित गुरुङको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।घाइते दुवै जनाको उपचार भइरहेको छ ।








