उदयपुर । त्रियुगा नगरपालिकाले आर्थिक वर्ष २०८१/२०८२ को लागि अनुमानित दुई अर्व १५ करोड ७१ लाख ५७ हजारको बजेट ल्याएको छ । शिक्षक सरुवा, विद्यालय घटुवाको विषयमा विवादले निर्धारित समय भन्दा ७ घण्टा ढिलो शुरु भएको १३ औं नगर सभामा उपमेयर महेश्वरी राईले २ अर्व १५ करोड ७१ लाख ५७ हजार बराबरको बजेट प्रस्तुत गरेकी थिईन् । चालु आर्थिक वर्षको तुलनामा आगामी बजेट झण्डै ६८ करोड बजेट बढी हो ।
आगामी आर्थिक बर्षको कुल बजेट मध्ये चालु खर्च तर्फ ७९ करोड ३५ लाख ९ हजार र पुजीगत तर्फ ६८ करोड ३६ लाख २ हजार बजेट बिनियोजित गरीएको छ ।
आगामी बर्षको लागि त्रियुगाले खर्च ब्यहोर्ने गरी स्रोतहरु मध्ये आन्तरिक राजस्व बाट १४ करोड ४५ लाख २० हजार, संघीय बित्तीय समानीकरण अनुदान हस्तान्तरण २० करोड ३५ लाख, समपुरक अनुदान १ करोड र विषेश अनुदान ३ करोड रहेको छ ।

यस्तै प्रदेश वित्तिय समानीकरण अनुदान १ करोड ३४ लाख ९८ हजार, समपुरक अनुदान १ करोड ३० लाख र राजश्व वाडफाँड २० करोड ३५ लाख रहेको छ ।

यस्तै खर्च पूर्वाधार विकास बजेट १ करोड १८ लाख विनियोजन गरेको छ भने प्रशासनिक खर्च १९ करोड ९१ लाख विनियोजन गरेको छ । यस्तै आर्थिक विकास अन्तर्गत (कृषि, पशु, सहकारी) ८५ लाख ५० हजार, सामाजिक विकास तर्फ २ करोड १४ लाख, वन, वातावरण, विपद् व्यवस्थापन तर्फ ५ लाख, संस्थागत क्षमता विकास तर्फ १३ लाख बजेट विनियोजन भएको छ । वडागत बजेटको सिलिङ ५० लाख रहेको छ ।

तपाईको प्रतिक्रिया