उदयपुर – उदयपुर एक्स्पो (उदयपुर महोत्सव)को आज दशौं दिन चर्चित मैथली डान्सर प्रिति पासवानको पुनः  प्रस्तुति रहने छ । शुक्रबार प्रस्तुत गरेको सांगतिक कार्यक्रममा प्रिति पासवानका समर्थकहरुले पुनः शनिबार स्टेजमा आईदिन माग गरेपछि माघ २० गते शनिबार पुनः प्रिति पासवानको प्रस्तुति रहने आयोजकले जनाएको छ ।
मेला तथा महोत्सव व्यवस्थापन समितिका संयोजक प्रदिप देउजाका अनुसार शुक्रबारको कार्यक्रममा प्रिति पासवानको समर्थकहरुले पुनः प्रिति पासवानको प्रस्तुतिको माग गरेपछि माघ २० गते शनिबार पुनः प्रिति पासवान, चर्चित गायिका अन्जु कुश्मी, चर्चित गायक रवि रिमाल र भोजपुरी कलाकार प्रमोद जख्मीको पनि प्रस्तुति रहने छ । साथमा द विरल बाण्ड, एभरेष्ट कल्चरल आर्ट सोसाइटीको साथै काठमाण्डौं डान्स ग्रुपको बेजोड प्रस्तुति रहनेछ ।
“कृषि, वन, पर्यटन, कला संस्कृति, उद्योग र ब्यापार ः उदयपुरको पहिचान र समृद्धिको आधार” भन्ने मुलनाराका जिल्ला उद्योग वाणिज्य संघ उदयपुरको आयोजनामा त्रियुगा नदी किनार त्रियुगा बसपार्कमा संचालित महोत्सवमा माघ ११ गतेबाट संचालन भईरहेको छ ।

महोत्सवमा स्थानीय, स्वदेशी तथा विदेशी स्टलसहित दुई सय स्टल रहेको छ भने महोत्सवमा स्थानीय उत्पादन प्रदर्शनी, बाल उद्यान, उदयपुरका हस्तकलाका सामग्री विक्री, महिला उद्यर्मीले तयार पारेको सामग्रीको साथै बंगलादेशी र पाकिस्तानी स्टलहरु पनि राखिएको छ । अग्नी ग्रुपको महिन्द्रा एण्ड महिन्द्राको ट्याक्टर, पिकअप, स्कारपियोको साथै सिजी ग्रुपको ११ र १५ सिटर इलेक्ट्रोनिक्स गाडीहरु विशेष छुटमा विक्री भईरहेको छ ।

एक्स्पोमा २ सय स्टल रहेको छ । एक्स्पो हरेक दिन बिहान ९ः०० देखि बेलुका ९ः०० बजेसम्म संचालन हुँदैछ । महोत्सव प्रवेशका लागि साधरणलाई प्रतिव्यक्ति १०० रुपैयाँ, विद्यार्थीका लागि ७० रुपैयाँ र सामूहिक पोसाकमा आउनेलाई रु। ५० र जेष्ठ नागरिक र अपाङ्गता भएकाहरुलाई परिचय–पत्रका आधारमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

तपाईको प्रतिक्रिया