उदयपुर – उदयपुर एक्स्पो (उदयपुर महोत्सव)को आज सातौं दिन चर्चित गायिका प्रिती आले, चर्चित हाँस्य कलाकार सुवोध गौतम (एकदुमे) र लोकदोहोरी गायक श्याम राना मगरहरुको समेत बेजोड प्रस्तुति रहने आयोजकले दिएको छ ।

“कृषि, वन, पर्यटन, कला संस्कृति, उद्योग र ब्यापार : उदयपुरको पहिचान र समृद्धिको आधार” भन्ने मुलनाराका जिल्ला उद्योग वाणिज्य संघ उदयपुरको आयोजनामा त्रियुगा नदी किनार त्रियुगा बसपार्कमा संचालित महोत्सवमा माघ ११ गतेबाट संचालन भईरहेको छ ।

महोत्सवमा स्थानीय, स्वदेशी तथा विदेशी स्टलसहित दुई सय स्टल रहेको छ भने महोत्सवमा स्थानीय उत्पादन प्रदर्शनी, बाल उद्यान, उदयपुरका हस्तकलाका सामग्री विक्री, महिला उद्यर्मीले तयार पारेको सामग्रीको साथै बंगलादेशी र पाकिस्तानी स्टलहरु पनि राखिएको छ । अग्नी ग्रुपको महिन्द्रा एण्ड महिन्द्राको ट्याक्टर, पिकअप, स्कारपियोको साथै सिजी ग्रुपको ११ र १५ सिटर इलेक्ट्रोनिक्स गाडीहरु विशेष छुटमा विक्री भईरहेको छ ।

एक्स्पोमा २ सय स्टल रहेको छ । एक्स्पो हरेक दिन बिहान ९ः०० देखि बेलुका ९ः०० बजेसम्म संचालन हुँदैछ । महोत्सव प्रवेशका लागि साधरणलाई प्रतिव्यक्ति १०० रुपैयाँ, विद्यार्थीका लागि ७० रुपैयाँ र सामूहिक पोसाकमा आउनेलाई रु. ५० र जेष्ठ नागरिक र अपाङ्गता भएकाहरुलाई परिचय–पत्रका आधारमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

तपाईको प्रतिक्रिया