उदयपुर, प्रगतिशील लेखक संघ उदयपुरको साहित्यिक भेला शनिबार कटारीमा सम्पन्न भएको छ । कटारी नगरपालिकाका उप प्रमुख भिमकुमारी राउतको प्रमुख आथित्यतामा भएको भेलाले भिम बहादुर पौडेलको अध्यक्षतामा समिती गठन गरेको छ ।
कार्यक्रममा अतिथि प्रगतिशिल लेखक संघका राष्ट्रिय परिषद सदस्य हरि कट्टेल, कवि तथा साहित्यकार पुन्य कार्की उदयश्री क्याम्पस प्रमुख मुकेस थापा, कटारी माविका अध्यक्ष हृदय तामाङ, प्रधानाध्यापक बालकृष्ण कार्की, लगायत स्रष्टाहरुको उपस्थिती रहेको थियो । साहित्यकार सारदा भट्टराईद्वारा कबिता समिक्षा, विभिन्न साहित्यकारद्धारा कविता वाचन गरिएको थियो । उदयश्री क्याम्पसमा भएको कार्यक्रमको अध्यक्षता प्रलेस उदयपुरको अध्यक्ष माधव पोखरेल गोज्याङ्ग्रे गरेको थिए ।

तपाईको प्रतिक्रिया