नागरिक बहस डटकम क्रिएशन मिडिया नेटवर्क प्रा.लि.द्वारा सञ्चालित डिजिटल पत्रिका हो । ‘समाज रुपान्तरणका लागि खोज पत्रकारिता’ स्पष्ट विचार र तथ्यमा आधारित सत्य समाचार नागरिक बहसको मुलमन्त्र हो । राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र आम जनताको पक्षधर समाचार पोर्टलका रुपमा यसलाई बिकास गर्ने क्रममा हामी निरन्तर प्रयासरत रहेका छौँ । जनताका नैसर्गिक अधिकार रक्षाका लागि सत्य र तथ्यमा आधारित पत्रकारिताका क्रममा कसैसँग पनि सम्झौता गर्ने छैन भनि हामीले कसम समेत खाएका छौँ । निष्पक्षता हाम्रो सबैभन्दा विशिष्ट पक्ष हो । सापेक्ष रुपमा हामी आफूलाई उदार लोकतन्त्र र उदार आर्थिक प्रणालीका पक्षधर हो भन्न हिचकिचाउँदैनौँ । निमुखा र आवाज बिहिनहरुको पक्षमा हामी सदैव बोल्ने छौँ र बोलिरहन्छौँ ।

नागरिक बहस चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउँछ, हाम्रो विचारलाई प्रष्ट बनाउँछ । सूचना, विचार–विमर्श, चिन्तन र प्रयोगको माध्यमबाट हामीलाई सत्यको निकट पुर्याउँछ । हामी त्यहि यथार्थलाई प्रस्तुत गर्ने गर्छौ ।

जनताको जीवनको अधिकार, सम्पत्तिको अधिकार, विचार र अभिव्यक्ति स्वतन्त्रताको अधिकार रक्षाका मूल्यमा कुनै पनि शक्तिसँग कहिल्यै सम्झौता नगर्ने प्रतिबद्धताका साथ जनसञ्चारको आधुनिक माध्यम अनलाइन पत्रकारिता मार्फत् हामी यहाँहरु समक्ष बिगत ४ बर्षदेखि प्रस्तुत भईरहेका छौं । आजबाट हाम्रो यो यात्राले ५ बर्षमा पाईला टेकेको छ ।

छापा, रेडियो, टेलिभिजन हुँदै पत्रकारितामा कान्छो सञ्चार माध्यायमका रुपमा बिकास भएको अनलाईन झुठको खेती गर्ने, अनाबश्यक समाचार सप्रेषण गर्ने माध्यायम हुन भन्ने आमबुझाई जनमानसमा बदलिएको छैन । सिमित केही अनलाईन बाहेक अन्य अनलाईन आधिकारिक दर्ता विनै अझैपनि भ्रमको खेतीमै रमाईरहेका छन । शिर्षक एउटा, समाचार अर्के, त्यसमा पनि फोटो एउटा बास्तविकता अर्को बनाएर समाचार संप्रेषण गर्ने प्रचलन रोकिएको छैन । आर्कषक शिर्षक बनाएर मानिसलाई क्लिक गर्न बाध्य बनाउने तर सामाग्री अर्कै राख्ने कारण पनि अनलाईनको बिश्वसनियता घटेको अबस्था छ । अनलाईन समाचार प्रति जनबिश्वास बढाउनु हामी सबैको दायित्व हो । सरकारी तवरबाटै यस्ता गतिबिधिलाई निर्मुल पार्न सञ्चार संयन्त्र प्रभावकारी र चुस्तदुरुस्त पार्नु जरुरी भएको संयन्त्रले अझै प्रभावकारी काम गर्न नसकेको अबस्था यथावत रहेको छ ।

आमसंचारको माध्यमबाट सरकारलाई खबरदारी पहरेदारको रुपमा सत्य, तथ्य, निष्पक्ष, जनमुखी र पारदर्शी डिजिटल पत्रिकाको रुपमा स्थापित गर्ने प्रयासरत छौँ । कुनै देशमा रात पर्दा कुनै देशमा उज्यालो हुने यो बिशाल धर्तिलाई साँघुरो बनाएर एक क्लिकका भरमा अनलाईनले संसारलाई जोड्न सफल भएको छ । संसारका घटनाहरु एक क्लिकमा हामी सहजै उपलब्ध गर्ने अबस्थामा पुगेका छौँ । यो सबै सुचना र प्रबिधिको बिकासका कारण सम्भव भएको छ । यही सुचना र प्रबिधिलाई प्रयोग गर्दै डिजिटल पत्रिकालाई देशकै बिश्वासिलो अनलाईन साबित गर्ने प्रयासमा हामी मोफसलबाट जुटेका छौँ ।

कान्छो सञ्चार माध्यायमका रुपमा उदाएको अनलाईन पत्रिका त्यसमाथि मोफसलबाट सञ्चार माध्यायम सञ्चालन गर्नु हाम्रा लागि कम चुनौतिपुर्ण छैन । त्यसमाथि डिजिटल पत्रिकाको अभ्यास गर्नु हाम्रो लागि कठिन बिषय थियो । ब्यबसायिक रुपमा अन्य सञ्चारमाध्यायम समेत धराशयी बनिरहेको अबस्थामा डिजिटल पत्रिका प्रकाशन, प्रसारण गर्ने आँट जुटाउनु निकै चुनौतिपुर्ण काम थियो । कुनै पनि पेशा अंगाल्न सहज र कम चुनौतिपुर्ण छैन र हुँदैन पनि । अझ सञ्चार क्षेत्रमा निरन्तर पाठक र शुभचिन्तकको मन जितेर अगाडी बढनु त झन कठिन बिषय हो । बदलिँदो समाज सँगै पाठकले चाहेजस्तै सुचना र मनोरञ्जन प्रदान गरेर आफुलाई उत्कृष्ट सावित गर्नु ज्यादै कठिन छ । सत्य, तथ्य, निष्पक्ष र पारदर्शी सञ्चारमाध्यायमका रुपमा आफुलाई स्थापित गर्नु ज्यादै कठिन बिषय हो । यहि कठिन बिषय हामीले रोज्यौँ । यात्राका क्रममा पाईलै पिच्चे काँडाहरु, तीरको तिखो घोचाई र विझाई, उकाली ओराली छन तरपनि हामीले त्यसलाई स्वीकार गर्यौ र त्यहि कठिन यात्रा तय गयौँ । जुन यात्राले आज पाँचौ वर्षको यात्रामा पाइला चाल्दै छौं ।

यात्राका क्रममा आईपरेका बिभिन्न समस्याहरु सँग पौठेजारी खेल्दै आजबाट चार वर्ष पुरागरी पाँचौ वर्षको यात्रामा छौं । उदयपुर जिल्लाकै अनलाइनहरु मध्ये छोटो समयमै समाजमा हुने हरेक बिकृति र बिसंगतिका बिरुद्ध हामीले कलम चलाईरहयौँ, राम्रा कामलाई प्रोत्साहन गर्दै समाजका हरेका गतिबिधिलाई चिरफार गर्न सफल भयौँ । बिकराल परिस्थितिमा हामी कहिले बिचलित भएनौँ, त्यसकै परिणाम स्वरुप हामी पाँचौ वर्षको यात्रामा छौं ।

अनेकौ समस्यासँग पौठेजोरी खेल्दै पाँचौ बार्षिकोत्सवको अबसरमा बिगतमा गरेका राम्रा कामलाई आत्मासाथ गर्दै, खराब कामबाट पाठ सिकेर अगाडी बढने प्रण गर्दछौँ । आगामी दिनमा थप परिष्कृत बन्दै सबै बर्ग, क्षेत्र र समुदायलाई समेटेर सबैको साझा सञ्चारमाध्यायमका रुपमा बिकास गर्दै अघि बढने बाचा समेत गर्दछौ ।

स्थानीय तहको निर्वाचन सम्पन्न भई संघ र प्रदेशको निर्वाचन संघारमा आइपुगेको छ । निर्वाचन आयोगले प्रेस काउन्सिल नेपालको भूमिकालाई बाइपास गर्दै सञ्चार माध्यम र सामाजिक सञ्जालमा संप्रेषण भएका सामग्री अनुगमन गर्न नेपाली सेना, नेपाल प्रहरीको साइबर ब्युरोसमेत रहने गरी संयन्त्र निर्माण गरेर प्रेसलाई कुण्ठित गर्ने काम गरिएको छ । सञ्चार माध्यममा सम्प्रेषण भएका सामग्रीको अनुगमन र नियमन गर्ने काम प्रेस काउन्सिल नेपालको हो । प्रेस काउन्सिलको अधिकार खोसेर निर्वाचन आयोग आफैंले क्षेत्राधिकारभन्दा बाहिर गएर सेना र प्रहरी सम्मिलित संयन्त्र निर्माण गर्ने कामले निरंकुश राजतन्त्रकालिन झल्को दिएको र निर्वाचन आयोगलाई यस्तो गलत र आपत्तिजनक निर्णय तत्काल सच्याई नागरिकको अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताको सम्मान गर्न हार्दिक आग्रह गर्दछौं ।

संघ र प्रदेशको निर्वाचनमा कसैको दवाव, धाकधम्कीबाट होइन निश्पक्ष तबरले आफ्नो प्रतिनिधि छनौट गरौं । व्यक्तिगत भन्दा राष्ट्र र राष्ट्रियताको हितमा विकास गर्ने नेतृत्व छनौट गरौं । सवैलाई बडादशै, तिहार, छठ लगायत सबै जातजाति र समुदायका बिशेष चाडपर्वहरुको अबसरमा सुख, शान्ति, दिर्घायु, समृद्धि, अमनचयन साथै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना सहित यो यात्रामा साथ काँधमा काँध दिने सम्पुर्ण सहकर्मी, पाठक, बिज्ञापनदाता, शुभचिन्तक देश तथा बिदेशमा रहनुभएका सम्पुर्ण महानुभावहरुमा हार्दिक आभार तथा धन्यवाद ज्ञापन गर्दछौँ । बिगतमा भएका कमीकमजोरीलाई आत्मा साथ गर्दै आगामी दिनमा परिष्कृत बन्दै अघि बढने क्रममा यहाँहरुका महत्वपुर्ण सल्लाह, सुझाव र साथ सहयोगको सदैव हामी ब्यग्र प्रतिक्षामा रहने छौँ ।
– सम्पादक

तपाईको प्रतिक्रिया