गाईघाट । उदयपुरको त्रियुगा नगरपालिकाले वडाका विपन्न महिलाहरुलाई उन्नत जातको बाख्रा र सुँगुरका पाठा वितरण गरेको छ । त्रियुगा नगरपालिका वडा नम्बर–१ जोगिदहले आदिवासी जनजाती महिला लक्षित कार्यक्रम अन्तरगत शनिबार एक कार्यक्रमको विच उन्नत जातको सुगुर, बिउ बोका र कुखुरा वितरण गरेको हो ।
आर्थिक अवस्था कमजोर भएका विपन्न महिलालाई आयआर्जनमा टेवा पु¥याउँदै आर्थिकरुपमा आत्मनिर्भर बनाउने उद्देश्यले सुगँरको पाठा वितरण गरेको जनाएको छ ।
कार्यक्रमबाट १३ घरघुरीमा एक÷एक वटा सुँगुरका पाठा र समूहमा रहने गरी दुई वटा बोका वितरण गरिएको वडा अध्यक्ष मनोज चौधरीले जानकारी दिए ।
अध्यक्ष चौधरीका अनुसार आर्थिक अवस्था सुधार गर्न निर्वाहमुखी भन्दा पनि व्यवासायिक कृषी गर्नु पर्ने बताउदै वडा कार्यालयको सहयोगमा संचालित यस सुगँुर र बोका वितरण कार्यक्रम विउ पुँजीको रुपमा लिन आग्रह गरे ।
आय आर्जन र व्यवसाय मुलक बनाउन यस प्रकारको कार्यक्रमले फाईदा पुग्ने बताउदै उनले भने ‘यो सहयोग सानो सहयोग हो, तर तपाईहरु आर्थिक रुपमा सफल हुनुहुन्छ भने सामुहिक तथा एकल रुपमा फर्महरु दर्ता गरेर व्यवासायिक कृषीमा सहभागी हुनहोस् ।’
कार्यक्रममा चेतना महिला समूहका अध्यक्ष अरुणा चौधरीले कार्यक्रम सफलताको कामना गर्दै जजस्ले सुँगुरका पाठा र बोका पाउनु भएको छ, त्यसलाई हुर्काएर यती आम्दानी गरे भनेर नमुना बनाउन आग्रह गरिन ।
स्थानीय बजारमा सुगुरको प्रति पाठा ८ हजार र एक लाखमा दुईवटा उन्नत जातको विउ बोका खरिद गरेर टोल विकास संस्थाको जिम्मामा रहने गरि हस्तान्तरण गरिएको छ ।
नगरपालिकाले अनुदानमा विउ बोका र माउ सुँगुरका पाठी वितरण सँगै विपन्न महिलालाई स्वरोजगार बनाई आर्थिक स्थिती सुधार हुने विश्वास नगरपालिकाले लिएको छ ।