उदयपुर । उदयपुरको रौतामाई गाउँपालिका ७ स्थित मुर्कुचीबाट ठूलो परिमाणमा अबैध काठ सहित ट्रकहरु पक्राउ परेको छ । पक्राउ परेको काठ सप्तरी हुर्दै भारत लाने तयारी हुदै गरेको अवस्थामा बिहिबार जिल्ला प्रहरी कार्यालय उदयपरको प्रहरी टोलिले पक्राउ गरेको हो ।
अबैध काठ बाहिर लाने तयारी हँुदै गरेको गोप्य सूचनाको आधारमा काठ लाड हुँदै गरेको ३ ओटा ट्रक, ट्रक चालक र सहचालकहरुलाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ । छुटपूर्जी र आवश्यक कागजात नभएकोले पक्राउ गरेको प्रहरीले जनाएको छ । राति ट्रक चालकले काठ लोड गरेर जिल्ला बाहिर लैजाँदै गरेको अवस्थामा पक्राउ परेको थियो ।
प्रहरीको अनुसार ना ३ ख ९४१९ नम्बरको ट्रक र सप्तरीको कन्चरुप नगरपालिका ३ बस्ने ३५ को ट्रक चालक योगेन्द्र मोची र सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ बस्ने बर्ष २० को सहचालक शंकर कुमार दास पक्राउ परेको छ ।
त्यस्तै ना ४ ख ८३८४ नम्बरको ट्रक र सप्तरीको डाक्नेश्वरी नगरपालिका ६ बस्ने ४५ को ट्रक चालक जिबछ यादब र सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका १ भारदह बस्ने बर्ष २७ को सहचालक शंकर कुमार दास पक्राउ परको छ ।
यसैगरि ना ४ ख २१२४ नम्बरको ट्रक र सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ भारदह बस्ने बर्ष ४० को ट्रक चालक बिरेन्द्र मण्डल र सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ भारदह बस्ने बर्ष २१ को सहचालक शिब परमानी पक्राउ परेको छ ।
पक्राउ परेको ट्रक, लोड गरिएको काठ र व्यक्तिहरुलाई आवश्यक कार्वाहीको लागि डिभिजन बन कार्यालय कटारीमा बुझाईएको छ । अवैध काठ उदयपुरगढी गाउँपालिकाका अन्तर्गत विश्वकन्चन र प्रगतिशिल सामुदायिक वन उपभोक्ता समूहको रहेको बुझिएको छ । काठ करिव १ हजार चार सय क्युवी फुट रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया