राजेन्द्र महतो, लहान । म्यदा गुज्रिएको मैदा सहित पक्राउ परेका पवन मुन्डरा ३ लाख धरौटी बुझाएर छुटेका छन् । बैशाख २१ गते बजार अनुगमन टोलीले लहान ५ स्थित मुन्डराको गोदामबाट ट्रकमा लोड गरिरहेको अवस्थामा म्याद गुज्रिएको ५० केजीको २८ बोरा मैदा बरामद गरेको थियो ।
इलाका प्रशासन कार्यालय लहानका प्रमुख उपसचिव कमलराज भण्डारीको नेतृत्वमा खटिएको अनुगमन टोलीले म्याद गुज्रेको मैदा सहित मुन्डरालाई पक्राउ गरेको थियो ।
म्याद गुग्रिएको मैदा विक्री गर्न लैजानेक्रममा पक्राउ गरेका मुन्डराले जिल्ला प्रशासन कार्यालय सिरहाबाट ३ लाख धरौटी बुझाएर छुटेका छन् । कुनै पनि गुणस्तरहीन, म्याद समाप्ती, बिल विजक नभएका, लेभल नभएका वस्तु ढाँटेर वा झुक्याएर विक्रि वितरण गरेमा २ देखि ३ लाख रुपैयाँ जरिवाना गर्ने कानुनी प्रावधान अनुसार प्रशासनले कारबाही गरेको हो ।
वीरगन्ज खाद्य उद्योग प्रालि परवानीपुर पर्सा नेपालद्वारा उत्पादित राजहंस ब्रान्ड उच्चस्तरको मैदा आधुनिक मेसिनबाट उत्पादित भनिएको मैदा तीन महिना पहिले म्याद गुज्रिएको थियो ।
व्यापारी मुन्डरा विगत लामो समयदेखि तेस्रो मुलुकको मालसमान सिमापारी पठाउँने कारोबार गर्दै आएका छन् । उनले मरिच, छोहरा, मटरलगायत तेस्रो मुलुकको मालसमान भारत निर्यात गर्दै आएका थिए । उनले सिरहाको झाझपटी, कचनारी, ठाडी, सप्तरी, सुनसरीको विभिन्न नाकाबाट प्रहरी प्रशासनलाई चुनौती दिँदै कारोबार गर्दै आएको राष्ट्रिय उपभोक्ता मञ्च सिरहाका अध्यक्ष रमानन्द गुप्ताको आरोप रहेको छ । उनका अनुसार सिरहामा कडाई गरेपछि मुन्डारले यस्ता तेस्रो मुलुकको मालसमानको वील विराटनगर, इनर्वालगायतको बजारमा आपूर्ती गर्ने भन्दै कोशी ब्यारेज नजिकको भन्सारबाट कारोबार गर्दै आएको थियो ।
भारतका कम्पनीले नेपालमा उत्पादन गर्दै आएका फेयर एण्ड लव्ली प्रहरी प्रशासनलाई चुनौती दिँदै भारतीय बजारमा पठाउँने मुन्डराको मुख्य कारोबार हो ।

तपाईको प्रतिक्रिया