उदयपुर / उदयपुरमा अहिले हात्तीको विगविगी छ । केही दिनदेखि उदयपुरको त्रियुगा नगरपालिका र चौदण्डीगढी नगरपालिकामा हात्तीको विगविगी बढेको हो ।
गत शुक्रबार राति त्रियुगा नगरपालिका २ खैजनपुरमा जंगली हात्तीले दिपक सार्कीको फुसको छानो भएको घर भत्काउनुको साथै घरमा भएको अन्नपात खाई दिएका थिए । यस्तै आइतबार राति चौदण्डीगढी नगरपालिका– १० हडियामा ४ वटा जंगली हात्तीको समूहले गाउँ पसेर किसानको अन्नबाली नष्ट गर्नुको साथै स्थानीय टिकाराम दाहाल र बिक्रम दाहालको घरको भुईतला भत्काई दिएको थियो । हात्तीले घर भित्र रहेको चामल एक क्विन्टल, मकै ३० किलो र ५० किलो चोकर नष्ट गरेको छ । सो हात्तीको समूहलाई प्रहरी हडिया र स्थानीयबासीको सहयोगमा सृजना सामुदायिक बन (खैरा जंगल) तर्फ लखेटेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

तपाईको प्रतिक्रिया