नेकपा सचिवालय बैठक बस्न सकेन, ५ नेता विच छलफल

नेकपा सचिवालय बैठक बस्न सकेन, ५ नेता विच छलफल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सचिवालयको बैठक बस्न नसकेपछि धुम्बाराहीमा ५ नेताबीच छलफल भएको छ । कार्यकारी अध्यक्षको हैसियतमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बैठकमा अर्का अध्यक्ष केपी शर्मा ओलीपक्षका नेताहरु अनुपस्थित भएपछि पाँच नेताहरुबीच थप छलफल भएको हो ।बैठकमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र...

रौतामाई गाउँपालिकामा अनियमितता भएको आरोप

रौतामाई गाउँपालिकामा अनियमितता भएको आरोप
उदयपुर । उदयपुरको रौतामाई गाउँपालिकामा अनियमितता भएको भन्दै पत्रकार सम्मेलन गरिएको छ । गाउँपालिकाको विभिन्न शिर्षकहरुको योजनाहरुमा अनिमियता भएको दावी गर्दै सोमबार गाईघाट स्थित ड्रिमल्याण्ड होटलमा “भ्रष्टचार विरुद्ध नागरिक अभियान उदयपुर” नामक स्थानीय युवाहरुको समूहका संयोजक सुरेन्द्र राईले पत्रकार सम्मेलन मार्फत जानकारी गराएका हुन् । गत आर्थिक वर्ष र चालु आवमा भएका र भइरहेको भ्रष्टचारको विषयमा १० ...

बौद्धबाट पुण्य गौतम पक्राउ

बौद्धबाट पुण्य गौतम पक्राउ
काठमाडौं । शान्ति भड्काउने गरी अभिव्यक्ति दिएपछि पुण्य गौतमलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धले मङ्गलबार राति गौतमलाई नियन्त्रणमा लिएको हो । गौतमले विभिन्न च्यानलमार्फत असामान्य क्रियाकलाप गर्ने भन्दै उत्तेजक अभिव्यक्ति दिएपछि नियन्त्रणमा लिइएको महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले बताउनुभयो । गौतमलाई आज अभद्र व्यवहार मुद्दामा म्याद थप गरी अनुसन्ध...

नेकपा विवाद : आगामी नेतृत्वका लागि माधव नेपाललाई ओलीको आग्रह

नेकपा विवाद : आगामी नेतृत्वका लागि माधव नेपाललाई ओलीको आग्रह
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टीको आगामी नेतृत्वका लागि तयार रहन आग्रह गरेका छन्। कार्तिक ४ र ११ का दुई भेटमा ओलीले पूर्वएमालेको तर्फबाट अबको पार्टी नेतृत्व लिन आग्रह गरेको स्रोतको दावी छ। ‘मंगलबार ओली र नेपालबीच भएको एकल भेटमा ओलीले अबको नेता तपाई नै हो यसमा मेरो पूर्ण समर्थन, साथ र सहयोग रहन्छ’, ओलीलाई उधृत गर्दै स्रोतले भन्यो। तर माधव नेपाल भने ...

ठूलो परिमाणमा विष्फोटक पदार्थसहित विप्लव समूहका कम्पनी कमिश्नर पक्राउ

ठूलो परिमाणमा विष्फोटक पदार्थसहित विप्लव समूहका कम्पनी कमिश्नर पक्राउ
विराटनगर । ठूलो मात्रामा विष्फोटक पदार्थसहित नेत्र विक्रम चन्द विप्लव समूह नेकपाका कम्पनी कमिश्नरलाई पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङले उनी सहित दुई जनालाई बुधबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा चन्द समूहका पूर्वी कमाण्डका कम्पनी कमिश्नर विज्ञान राई समन, र काशीनाथ घिमिरे प्रतिक रहेको मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिए ।सप्तरी सुरुङ्गा...

संविधानसभाका पूर्वसदस्य मानपुर चौधरीको कोरोनाबाट मृत्यु

संविधानसभाका पूर्वसदस्य मानपुर चौधरीको कोरोनाबाट मृत्यु
उदयपुर । संविधानसभाका पूर्वसदस्य मानपुर चौधरीको कोरोना संक्रमणबाट मंगलबार निधन भएको पुष्टि भएको छ । सप्तरी, कञ्चनरुप नगरपालिका –४ जगतपुर निवासी चौधरीको उपचारका क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । ज्वरोबाट पीडित ५९ वर्षीय चौधरीलाई सास लिन कठिनाइ भएपछि असोज तेस्रो साता उपचारका लागि कोशी अस्पताल विराटनगर लगिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियाँलाल...

प्रधानमन्त्री केपीको राष्ट्रवाद उदाङगियो : दशैंको शुभकामनामा पुरानै नक्सासहितको निशान छापको प्रयोग, हट्यो चुच्चो !

प्रधानमन्त्री केपीको राष्ट्रवाद उदाङगियो : दशैंको शुभकामनामा पुरानै नक्सासहितको निशान छापको प्रयोग, हट्यो चुच्चो !
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सार्वजनिक गरेको शुभकामना सन्देशमा पुरानै नक्सासहितको निशान छाप प्रयोग गरिएको छ । प्रधानमन्त्री ओलीको आधिकारीक फेसबुक पेज र ट्विटरमार्फत सार्वजनिक गरिएको शुभकामना सन्देशमा चुच्चो नभएको निशान छाप प्रयोग भएको छ । प्रधानमन्त्रीको औपचारिक सन्देशमा लिम्पियाधुरा, कालापानी र लिपुलेक हराएका छन् । प्रधानमन्त्री ओलीले भारतीय दबाबमा वा भुलबस यस्तो नक्साको प्र...

अस्पतालमा जनताका लागि अक्सिजन किन्ने बजेट छैन : सांसद र पिएलाई दसैँ भत्ता वितरण

अस्पतालमा जनताका लागि अक्सिजन किन्ने बजेट छैन : सांसद र पिएलाई दसैँ भत्ता वितरण
काठमाडौं । सांसदहरूले मासिक तलब मात्र होइन, घरभाडा, पानी तथा बिजुली, टेलिफोन, इन्टरनेट, पत्रपत्रिका र पिए खर्च नियमित रूपमा पाउँछन् । त्यस्तै, योबीचमा बैठकभत्ता, भ्रमणभत्ता, औषधि खर्चलगायतका शीर्षकमा सुविधा छोडेका छैनन् । कोभिड महामारीका वेला अस्पतालमा बेड थप्न बजेट छैन भनेर सरकारले भन्दा मौन बसेका सांसदले निसंकोच दसैँ भत्ता पनि बुझेका छन् । दूरदराजको प्रसंग होइन, देशको जेठो अस्पताल वीर अस्पताल...

माधव नेपाल समूहबाट कर्णालीमा को को बन्दैछ मन्त्री र सचेतक

माधव नेपाल समूहबाट कर्णालीमा को को बन्दैछ मन्त्री र सचेतक
सुर्खेत । कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसँग सहमति भएसँगै माधवकुमार नेपाल समूहले तीन मन्त्री र संसदीय दलको सचेतक पदका लागि सांसदको नाम बुझाएको छ । शाहीलाई सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को संसदीय दलका नेताबाट हटाउन यमलाल कँडेलसहितका १८ सांसदले सं‌सदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । तर कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपाल ...

अविश्वास प्रस्ताव रोक्न प्रचण्ड-नेपाल पक्षबीच सहमति

अविश्वास प्रस्ताव रोक्न प्रचण्ड-नेपाल पक्षबीच सहमति
काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही विरुद्ध पार्टीको संसदीय दलमा दर्ता गरिएको अविश्वासको प्रस्ताव रोक्न प्रचण्ड–नेपाल सहमतिमा पुगेका छन् । अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल नजिकका नेताहरु प्रस्ताव फिर्ताका लागि निरन्तर छलफलपछि अविश्वास प्रस्ताव फिर्ता गराउन सहमत भएका हुन् । छलफल पनि माधव नेपाल पक्षका सांसदहरुले हस्ताक्षर फिर्ता गर्ने भएका छन् । यसैगरी पूर्व माओवा...