काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सार्वजनिक गरेको शुभकामना सन्देशमा पुरानै नक्सासहितको निशान छाप प्रयोग गरिएको छ ।

प्रधानमन्त्री ओलीको आधिकारीक फेसबुक पेज र ट्विटरमार्फत सार्वजनिक गरिएको शुभकामना सन्देशमा चुच्चो नभएको निशान छाप प्रयोग भएको छ ।

प्रधानमन्त्रीको औपचारिक सन्देशमा लिम्पियाधुरा, कालापानी र लिपुलेक हराएका छन् । प्रधानमन्त्री ओलीले भारतीय दबाबमा वा भुलबस यस्तो नक्साको प्रयोग गरे भन्ने केही खुल्न सकेको छैन ।

Gepostet von K P Sharma Oli am Donnerstag, 22. Oktober 2020

अचानक आएर काठमाडौंमा २१ घण्टा बिताएर दिल्ली फर्किएका भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयल सहित नौं सदस्य टोली किन र को–कोसँग भेट गरे भन्ने चर्चा र बहस चलिरहेका बेला प्रधानमन्त्रीको दशैं शुभकामना सन्देशमा प्रयोग भएको पुरानै नक्साप्रति आम नागरिकले चासो व्यक्त गरेका छन् ।

प्रधानमन्त्रीको फेसबुक वालमा “सत्यसँग नलड्ने र शक्तिसँग नझुक्ने” लेखेका छन् तर आज किन दशैं शुभकामना सन्देशमा निशान छापमा चुच्चो हरायो भनेर आम नागरिकको चासोको विषय बनेको छ । भारतीय गुप्तचर नेपाल आएर फर्किएको प्रेस सल्लाहकार सूर्य थापाले बिहीबार बक्तव्य नै जारी गरेर रअ प्रमुखसँग प्रधानमन्त्रीको भेट भएको स्वीकार गरेका हुन् ।

 

लिम्पियाधुरा, कालापानी र लिपुलेक सहितको नयाँ निशान छाप

तपाईको प्रतिक्रिया