काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सचिवालयको बैठक बस्न नसकेपछि धुम्बाराहीमा ५ नेताबीच छलफल भएको छ ।

कार्यकारी अध्यक्षको हैसियतमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बैठकमा अर्का अध्यक्ष केपी शर्मा ओलीपक्षका नेताहरु अनुपस्थित भएपछि पाँच नेताहरुबीच थप छलफल भएको हो ।बैठकमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजि श्रेष्ठ सहभागी छन् ।

सचिवालय अन्य सदस्यहरु ओलीसहित महासचिव विष्णु पौडेल र इश्वर पोखरेल अनुपस्थित रहेका छन् । कुनै पनि समुहमा खुलेर नलागेका अर्का सचिवालय सदस्य रामबहादुर थापा पनि बैठकमा अनुपस्थित छन् ।

धुम्बाराहीमा बैठक बस्नुअघि प्रचण्डले बालुवाटार पुगेर अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई भेटेका थिए ।

सचिवालयमा अल्पमतमा रहेका ओलीले बैठक बोलाउनका लागि सहमति दिन अस्वीकार गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया