विराटनगर । ठूलो मात्रामा विष्फोटक पदार्थसहित नेत्र विक्रम चन्द विप्लव समूह नेकपाका कम्पनी कमिश्नरलाई पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङले उनी सहित दुई जनालाई बुधबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा चन्द समूहका पूर्वी कमाण्डका कम्पनी कमिश्नर विज्ञान राई समन, र काशीनाथ घिमिरे प्रतिक रहेको मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिए ।सप्तरी सुरुङ्गा नगरपालिका – २ का ३२ वर्षीय काशीनाथ घिमिरे प्रतिक र इलाम चुलाचुली गाउँपालिका ६ बस्ने १८ वर्षीय विज्ञान राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

मोरङको मिक्लाजुंग गाँउपालिकामा स्थानीयसंग चन्दा रकम असुल गर्दै गर्दा उनीहरु पक्राउ परेको जनाईएको छ ।

उनीहरुको साथबाट प्रहरीले हातहतियार, विष्फोटक पदार्थ, चन्द समूहको दस्तावेजका सामग्री समेत बरामद गरेको छ । जसमा भरुवा बन्दुक, सकेट बम, जिलेटिन, डेटोनेटर लगायत छन् ।

तपाईको प्रतिक्रिया