उदयपुर । उदयपुरको रौतामाई गाउँपालिकामा अनियमितता भएको भन्दै पत्रकार सम्मेलन गरिएको छ । गाउँपालिकाको विभिन्न शिर्षकहरुको योजनाहरुमा अनिमियता भएको दावी गर्दै सोमबार गाईघाट स्थित ड्रिमल्याण्ड होटलमा “भ्रष्टचार विरुद्ध नागरिक अभियान उदयपुर” नामक स्थानीय युवाहरुको समूहका संयोजक सुरेन्द्र राईले पत्रकार सम्मेलन मार्फत जानकारी गराएका हुन् ।
गत आर्थिक वर्ष र चालु आवमा भएका र भइरहेको भ्रष्टचारको विषयमा १० दिन भित्रमा सत्यतथ्य छानविन समिति गठन गर्न र उठेका विषयहरुमा वृहत्त रुपमा छलफल गरी सार्वजानिक सुनुवाई गर्न समेत पत्रकार सम्मेलनमा जोड्दार माग गरेका छन् ।

आयोजित पत्रकार सम्मेलनमा १३ वटा वुद्धागतरुपमा अनिमियता भएको आरोप लगाउँदै सजिलैसंगले पञ्छिन्न नपाईने पत्रकार सम्मेलनमा बताए ।

प्रेस विज्ञप्तीमा औषधि खरिद प्रक्रिया, क्रसरले राकुली खोलाको ढुंगाको मापदण्ड विपरित उत्खन्न, निकासमा निर्माधिन अतिथिगृहको प्राविधिक त्रुटी, जग्गा मूल्याङ्न बढी देखाई कर असुली गरेको, लौठ सल्ला खरिद, बाँदर छेक्ने झार खरिद, पालिकाका बनेका भवनहरुमा प्राविधिक त्रुटी, प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजनामा बृहत अनियमितता, कोरोना नियन्त्रणमा बढी खर्च देखाएको लगायत विषयमा पत्रकार सम्मेलन गरेका थिए ।

यस विषयमा गाउँपालिका अध्यक्ष गजेन्द्र बहादुर खड्काले पत्रकार सम्मेलनमा लगाएको आरोप जस्तो कुनै त्यस्तो अनियमितता नभएको बताए । अतिथि भवन निर्माणमा प्राविधिक त्रुटी भएको स्वीकार गरेको छ भने बाँदर छेक्ने झार पाँच लाखको नभई एक लाख ५० हजारको मात्रै खरिद गर्ने निर्णय पालिकाले गरेको बताए । औषधि अतिआवश्यक भएकोले ठेक्का प्रक्रियाबाट १० लाख कममा ठेक्का लागि सकेको बताए ।

मालपोत कार्यालयले जग्गा मूल्याङकन गरेको भन्दा बढी कर असुल गरेको छैन भने लौठ सल्ला केही बाढीले बगायो भने बाँचे केही हुर्किरहेको बताए ।

यस्तै कोरोना नियन्त्रणमा कहि कत्तै बढी खर्च भएको छैन भने प्रधानमन्त्री कृषि आधुनिकिकरणमा कुनै भ्रष्टचार नभएको बताए ।

तपाईको प्रतिक्रिया