कालिका सप्लायर्स एण्ड टे«डर्स गाईघाटले ल्यायो टिभी एक्सचेन्ज अफर

कालिका सप्लायर्स एण्ड टे«डर्स गाईघाटले ल्यायो टिभी एक्सचेन्ज अफर
उदयपुर – के तपाई आफ्नो बैठक कोठा सीआरटी टिभीको सट्टा स्लिम टिभीले सजाएर आर्कषक बनाउन इच्छुक हुनुहुन्छ ? तर संकुचित रकमले गर्दा नँया टिभी किन्न सकिरहनु भएको छैन भने अब तपाईको सपना साकार पार्न कालिका सप्लायर्स एण्ड टे«डर्स गाईघाटले ग्राहकहरुका लागि सुनौलो योजना ल्याएको छ ।कालिका सप्लायर्स एण्ड टे«डर्स गाईघाटले सामसुङ्ग, हिमस्टार, हाइसेन्स, सेनसाइ, वर्लपोल कम्पनीका एलइडी टिभी एक्सचेन्ज अफर ल्याएको छ ...

आधुनिकतासँगै हराउँदै गोरुगाडा

आधुनिकतासँगै हराउँदै गोरुगाडा
उदयपुर । उदयपुर सहित तराईका जिल्लाहरुमा सबैभन्दा पुरानो यातायातको साधन हो गोरुगाडा । दुई दशकअघि गाउँघरमा आवतजावतका लागि एक मात्र सवारी साधनका रुपमा रहेको गोरुगाडा (बयलगाडा) पछिल्लो समय हराउँदै गएको छ । सबारी साधनसँगै कृषिजन्य सामग्रीको ढुवानीका लागि प्रयोग गरिने गोरुगाडा आधुनिक साधन भित्रिएसँगै विरलै देखिन थालेका छन् । विगतमा घरमै निर्मित भरपर्दो साधन काठे गोरुगाडालाई ट्याक्टर र अन्य सवारी साधनले ...

विद्युत् महसुल अब १० युनिटसम्म निःशुल्क गरिने

विद्युत् महसुल अब १० युनिटसम्म निःशुल्क गरिने
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले हाल कार्यान्वयनमा रहेको विद्युत् महसुल दरमा परिवर्तन गर्नेभएको छ । प्राधिकरण सञ्चालक समितिको आइतबार बसेको बैठकले नयाँ दर स्वीकृत गर्दै विद्युत् नियमन आयोगमा स्वीकृतिका लागि पेस गर्ने निर्णय गरेको छ । प्राधिकरणले यसका लागि मङ्गलबार विद्युत् नियमन आयोगमा प्रस्ताव पठाउँदैछ । प्रस्तावित दर अनुसार १० युनिटसम्म निःशुल्क हुने व्यवस्था गर्न लागिएको ऊर्जा, जलस्रोत तथा...

बजाज कम्पनीको नयाँ पल्सर १२५ सीसी गाईघाटमा लन्च

बजाज कम्पनीको नयाँ पल्सर १२५ सीसी गाईघाटमा लन्च
उदयपुर । बजाज कम्पानीको पल्सर १२५ सीसी उदयपुरको सदरमुकाम गाईघाटको आधिकारिक विक्रेता कालिका अटो लिंक गाईघाटले सोमबार एक कार्यक्रमको विच लन्च गरेको छ । आधुनिक एवं पृथक डिजाइन र उत्कृष्ठ परफरमेन्स सहित नयाँ पल्सर १२५ सीसी कालिका अटो लिंक गाईघाटले बजारमा ल्याएको हो । कम्पनीको रणनीति बारे चर्चा गर्दै कम्पनीका मेनेजिङ्ग डाइरेक्टर सुनिल कुमार ठाकुरले भने, “यसमा रहेको १२५ डि.टि.एस. इन्जिनले दिने ११ एन.एम....

आज देशभर मौसम बदली‚ वर्षा र हिमपात हुने

आज देशभर मौसम बदली‚ वर्षा र हिमपात हुने
काठमाडौं । पश्चिमी न्युन चापीय प्रणालीका कारण काठमाडौं लगायत देशभर वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिनभरि देशका अधिकांश स्थानहरुमा सामान्यदेखि पूर्ण बदली रही हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै, उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरुमा हल्का हिमपात हुने जनाइएको छ। पश्चिम तथा मध्यको उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा भने भारी हिमपातको सम्भावना रहे...

उपाध्यक्षको गलत र भ्रामक अभिव्यक्ति प्रति उदयपुर मोवाइल व्यवसायी संघको ध्यानाकर्षण

उपाध्यक्षको गलत र भ्रामक अभिव्यक्ति प्रति उदयपुर मोवाइल व्यवसायी संघको ध्यानाकर्षण
उदयपुर । उदयपुर मोबाइल व्यवसायी संघ तदर्थ समितिका उपाध्यक्ष ध्रुब प्रसाद पोखरेलको गलत र भ्रामक अभिव्यक्ति प्रति मोबाइल व्यवसायीहरु रुष्ट भएका छन् । विहिबार  उपाध्यक्ष पोखरेलद्वारा विज्ञप्तीमार्फत पदबाट राजीनामा   दिँदै विभिन्न संचारमाध्यममा आएको समाचार संस्थाको मर्यादामाथि समेत आँच आउने गलत र भ्रामक अभिव्यक्ति प्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै शुक्रबार संघका अध्यक्ष कोषराज दाहाल (कौशल) र महासचिव...

उदयपुर मोवाइल एशोसियशनका उपाध्यक्षद्वारा राजीनामा

उदयपुर मोवाइल एशोसियशनका उपाध्यक्षद्वारा राजीनामा
उदयपुर । उदयपुरका मोबाइल एशोसियशनका उपाध्यक्षले राजीनामा दिएका छन् । उदयपुरको सदरमुकाम गाईघाटमा भरखरै गठन भएको समितिको उपाध्यक्ष पदबाट ध्रुव मोबाइलका संचालक धु्रुव प्रसाद पोखरेलले राजीनामा दिएको विज्ञप्ती मार्फत जनाएको छ । उनले व्यापार जहिले पनि प्रतिष्प्रधात्क हुनु पर्ने र उपभोक्ताको सहज मूल्यमा सामान पाउनु पर्ने विज्ञप्तीमा जनाएको छ । उनले मोबाइल विक्रीमा दर रेट कायम गरेको प्रति असन्तुष्ट जनाउँ...

होङसी, बृज र युनाइटेड सिमेन्ट गुणस्तरहीन

होङसी, बृज र युनाइटेड सिमेन्ट गुणस्तरहीन
काठमाण्डौ । नेपाल गुणस्तर तथा नापतौल विभागले होङसी, बृज र युनाइटेड सिमेन्ट सिमेन्ट मापदण्ड विपरित भएको भन्दै यी उद्योगलाई नेपाल गुणस्तर प्रमाण चिन्ह नियमावली २०४० को नियम (१६) अनुसार १५ दिनको स्पष्टीकरण सोधिएको विभागका निर्देशक सञ्जीव कुमार ठाकुरद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ । विभिन्न स्थान र मितिमा गरिएको बजार अनुगमनबाट संकलित नमूनाहरु विभागको प्रयोगशालामा परीक्षण गराउँदा नेपाल गुणस्...

सिमेन्टको नयाँ मापदण्ड कार्यान्वयन रोक्न लेखा समितिको निर्देशन

सिमेन्टको नयाँ मापदण्ड कार्यान्वयन रोक्न लेखा समितिको निर्देशन
काठमाडौं । सरकारले हालै कायम गरेको सिमेन्टको नयाँ मापदण्ड कार्यान्वयन तत्काल रोक्न प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले निर्देशन दिएको छ । नाप तौल तथा गुणस्तर विभागले गत असार १८ गते पुरानो मापदण्डलाई परिमार्जन गर्दै ओपीसी सिमेन्टमा अघुलनशील पदार्थ (आइआर) को मात्रा २ प्रतिशतबाट बढाएर ४ प्रतिशत र म्याग्नेसियम अक्साइड (एमजिओ) को मात्रा ४ प्रतिशतबाट बढाएर ६ प्रतिशतसम्म राख्न पाउने व्यवस्था गरेको थियो...

अनलाइन पत्रकारिताको विश्वसनियता बारे चिन्ता

अनलाइन पत्रकारिताको विश्वसनियता बारे चिन्ता
काठमाडौं । नेपालमा अनलाइन पत्रकारिताको विश्वसनियता घट्दै गएकोमा सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । अनलाइन पत्रकारिताको अवस्था, सम्भावना र चुनौती विषयक एक अन्तरक्रियामा सरोकावालाहरुले यस्तो चिन्ता व्यक्त गरेका हुन् । पत्रकार उमेश श्रेष्ठले मिथ्या र सनसनीपूर्ण जानकारी दिएर भ्रम छर्ने अनलाइनको संख्या बढिरहेको बताउनुभयो । उनले समाचार स्रोतको रुपमा अनलाइन प्रयोग गर्नेहरुको संख्या बढे पनि समाचार...